१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ News Polar कृषि औद्योगिक क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय र उद्योगीबीच छलफल News Polar कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव News Polar हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह News Polar कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

कांग्रेसका बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ मा

कांग्रेसका बाँकी १६ जिल्लाको अधिवेशन फागुन १३ मा
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसको बाँकि रहेका १६ जिल्लाको अधिवेशन फागुन १३ गते हुने भएको छ । 

नेपाली काँगेस केन्द्रिय कार्य सम्पादन समितिको शुक्रबार बसेको बैठकले बाँकि जिल्लाहरुको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको हो । बैठकमा पार्टीको भातृ तथा शुभेच्छुक संस्थाहरुको अधिवेशनलगायतका कार्यहरु सम्पन्न गर्नका लागि विधान मस्यौदामाथि पनि छलफल सुरु गरिएको र त्यसका लागि आवश्यक सबै निर्णयहरु गर्न आईतबार पुनः केन्द्रिय कार्य सम्पादन समितिको बैठक बोलाइएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनु भयो । 

नेपाली काँग्रेसले आजको बैठकमा भातृ संगठनहरुको विधानलाई संघीयता अनुकूल बनाउने गरी नेता एनपी साउँद नेतृत्वको समितिले १३ औं महाधिवेशनबाट निर्वाचित केन्द्रिय समितिमा पेश गरिएको थियो । त्यसलाई छलफल गरेर पारित गर्न सो विधान मस्यौदा पनि बैठकमा प्रस्तुत गरिएको छ । त्यसलाई सबै नेताहरुले अध्ययण गरेर आईतबार २ बजे बोलाइएको बैठकमा पारित गर्ने निर्णय गरिएको पनि प्रवक्ता महतले बताउनु भयो । उहाँले भन्नु भयो, ‘आज पनि छलफल जारी रह्यो ।

अव पर्सी आईतबार फेरी २ बजेका लागि मिटिङ छ । र, त्यसभन्दा अगाडि १३ औं महाधिवेशनबाट निर्वाचित कार्य समितिको बेला जुन केही भातृ संगठनहरुको विधान संघीय संरचना अनुसार गर्ने व्यवस्थाको लागि एनपी साउदजीको संयोजकत्वमा कमिटी बनेको थियो । त्यसको प्रतिवेदन पनि पेश गरिएको थियो । तर त्यो पास भएको थिएन । ती विधानहरु पनि आज पेश भएको छ । पर्सीको मिटिङमा सबै कार्य सम्पादन समितिका साथीहरुले पर्सी नै छलफल गरेर त्यो पनि पारित गर्ने । त्यो पारित गरिसकेपछि त्यसैको आधारमा ती संगठनहरुको अधिवेशनको प्रक्रिया, त्यसलाई पूर्णता दिने प्रक्रिया जेजे रोकिएको छ, ती कुराहरु गर्न सम्भव हुने भएकाले अव त्यो पढनका लागि समय दिइएको छ । पर्सी आईतबार २ बजे मिटिङ हुन्छ । र, त्यस विषयमा आवश्यक निर्णय पनि हुन्छ । त्यसैगरी अरु जति पनि विषयहरु थियो । स्थानीय तह निर्वाचनबारे आज पनि छलफल भयो । एमसीसी पारित गरेर जानुपर्छ भन्नेमा सबैको एकमत छ । बाँकि १६ जिल्लाको अधिवेशन आउँदो फागुन १३ गते गर्ने पार्टीको निर्वाचन समितिले जानकारी गराएको छ ।’

बिहीबार (हिजो)बाट सुरु भएको बैठक मूलतः स्थानीय तहको निर्वाचनबारेको छलफलमा केन्द्रित रहेको नेता अर्जुननरसिंह केसीले बताउनुभयो । उहाँले पार्टीको भातृ तथा शुभेच्छुक संस्थाहरुलाई गतिशील बनाउने गरी अघि बढन आफूले पार्टी नेतृत्वलाई सुझाव दिएको पनि जानकारी दिनु भयो ।

बैठकमा नेताहरुबीच एमसीसी संसदबाट पारित गरेर जानुपर्छ भन्ने विषयमा एकमत रहेको नेपाली काँग्रेसले जनाएको छ ।