११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय

बागमती प्रदेशमा काँग्रेसको कोभिड सम्वाद श्रृंखला सम्पन्न

बागमती प्रदेशमा काँग्रेसको कोभिड सम्वाद श्रृंखला सम्पन्न
अ अ+ अ-

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.डिला संग्रौलाको विशेष अग्रसरतामा उहाँको संयोजकत्वमा शुरु भएको अभियान ‘कोभिड विरुद्धको हाम्रो अभियान’ अन्तर्गतको तेस्रो सम्वाद श्रृंखला शनिबार बागमती प्रदेशमा सम्पन्न भएको छ । 

बागमती प्रदेशका लागि आयोजित सो तेस्रो श्रृंखलामा सो प्रदेशका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरु, चिकित्सक तथा सरोकारवालाहरु एवं कोभिडका संक्रमितहरु समेतसँग अन्तरक्रिया गरिएको थियो । सो कार्यक्रममा दुई सयजना भन्दा बढीको सहभागीता रहेको थियो ।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेपाली काँग्रेसका उपसभापति प्रकाशमान सिंहले नेपाली काँग्रेसले नेपाली जनतालाई कोभिडबाट बच्न र बचाउन गरेका विभिन्न प्रयासहरु अन्तर्गत आजको बागमती श्रृंखला आयोजना भएको र यसले कोरोनाका संक्रमित तथा अरु सबै नागरिकलाई निकै लाभ पुगेको बताए । 

उनले यस्तो महामारीका बेलामा पनि सरकार नेपाली जनताको स्वास्थ्यको ध्यान दिनुको सट्टा सत्ता केन्द्रित भएको भन्दै यस्तो अवस्थामा नेपाली काँग्रेसले जनतालाई सक्दो सहयोग गर्नुपर्ने धारणा राखे । 

यस कार्यक्रमका संयोजक एवं यस अभियानका अभियानकर्ता काँग्रेसका केन्द्रीय सदस्य डा.डिला संग्रौलाले देश कोरोना महामारीले आकुल ब्याकुल भएका बेला कम्युनिष्ट सरकारको स्वार्थ र उनीहरु सत्तास्वार्थमा लिप्त भएको अवस्था सबैले देखेको फेहरिस्त पेस गर्दै यो दुःखद अवस्थामा नेपाली काँग्रेसले आफू जनतासँगै रहेको आभास दिलाइरहेको बताइन् । 

यस अभियानबाट संक्रमित, देशका नीति निर्माताका साथै सबै सर्वसाधारणलाई नै महामारीबाट बाच्न थोरै मात्र भए पनि सहयोग पुग्ने आशाका साथ आफूले सो अभियानको शुरुवात गरेको जानकारी डा संग्रौलाले दिइन् ।  

यस तेश्रो श्रृंखलाका वक्ताहरुमा चिकित्सकहरु पनि थिए र उनीहरुले होम आइसोलेसनमा बस्दा तनावको व्यवस्थापनका साथै कोभिडबाट कसरी जोगिने भन्ने विषयमा विज्ञ चिकित्सकहरुले आफ्ना धारणा र सुझावहरु प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा कन्सल्टेन्ट आयुर्वेद सर्जन मदन भण्डारीले कोरोना भाइरसको परिचय दिँदै आयुर्वेद तथा वैकल्पिक चिकित्सका पद्दतिबाट कसरी ठीक पार्ने भन्ने बारेमा सुझावहरु प्रस्तुत गरेका थिए । 

त्यसैगरी कोभिडका बारेमा योग तथा पुनस्थापना विशेषज्ञ डा विनोद घिमिरे, बालरोग विशेषज्ञ प्र्रा डा.आरपि विच्छा, आयुर्वेद स्वास्थ्य केन्द्र चितवनका प्रमुख डा.कोपिला अधिकारीले आफ्ना विशेषज्ञतासहितका विचार तथा कोरोनाबाट बच्ने उपायहरुका बारेमा सुझावहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सञ्चालन बागमती प्रदेश सभा सदस्य विजया श्रेष्ठ केसीले गरेकी थिइन् । यो कार्यक्रम यसअघि प्रदेश नं १ र २ मा सम्पन्न गरिसकिएको छ । ती प्रदेशमा सञ्चालन गरिएका कार्यक्रमहरुबाट धेरै मानिस लाभान्वित भएका र यसबाट धेरैमा यस महामारीका विषयमा जानकारी प्राप्त भएकाले यसलाई देशका सबै प्रदेशहरुमा सञ्चालन गरिने भएको हो ।  

भर्चुअल विधिबाट सम्पन्न श्रृंखला आगामी दिनमा देशका सबै प्रदेशमा आयोजना गरिने डा.संग्रौलाले जानकारी दिइन्