२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

लैङ्गिक समानता र सहभागितामा संवैधानिक र ऐतिहासिक सफलताः प्रधानमन्त्री ओली

लैङ्गिक समानता र सहभागितामा संवैधानिक र ऐतिहासिक सफलताः प्रधानमन्त्री ओली
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विसं. २०६२/६३ को जनआन्दोलनयता लैङ्गिक समानता र सहभागितामा संवैधानिक र ऐतिहासिक सफलता हासिल भएको बताउनुभएको छ ।  

तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यका सबै तहमा ३३ प्रतिशत महिला सहभागितासहितको महत्वपूर्ण संकल्प प्रस्ताव तत्कालीन सांसदका हिसाबले सबै महिला सांसद्लाई ऐक्यताबद्ध बनाएर अघि सार्नुभएको र सर्वसम्मतरुपा पारित भएको स्मरण गर्नुभयो ।

उक्त महत्वपूर्ण उपलब्धी हासिल भएको दिन सबै महिलाका लागि खुशीको दिन भएको जनाउँदै प्रधानमन्त्री ओलीले यो दिन नै हाम्रो समाज विकासको क्रमलाई कोशेढुङगाको रुपमा रहेको बताउनुभयो । संकल्प प्रस्तावमा आमाको नामबाट पनि नागरिकता पाउनुपर्ने, घरेलु हिंसाविरुद्धका कानुन निर्माण र सशक्त व्यवहारिक कार्यान्वनसँगै महिलाको सम्पत्तिमा हकका विषय रहेका थिए । प्रस्ताव सर्वसम्मतिले पारित भएकाले यो दिन ऐतिहासिक दिन भएको उहाँले औँल्याउनुभयो । 

उहाँले भन्नुभयो, “सामाजिक जागरण, संवैधानिक र कानूनी व्यवस्थापनमा महत्वपूर्ण उपलब्धी हासिल भएको दिनलाई विशेषरुपमा सम्झनुपर्छ  ।”

उहाँले अहिले सङ्घीय संसद्मा ३३ प्रतिशत, प्रदेशमा त्योभन्दा बढी र स्थानीय तहमा ४१ प्रतिशत महिला सहभागिता रहेको बताउँदै एक तिहाइ महिला सहभागिताको विषयलाई प्रभावकारी बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सबैतिर नकारात्मक कुरा मात्रै देख्नेले केही भएन भनेपनि हामीले विसं २०६३ यता धेरै उपलब्धी हासिल गरिरहेका छौँ ।”

कतिपय ‘सामन्ती सोचका तत्वहरु’ले सामाजिक समानता र न्याय नबुझ्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । विसं। २०५२ सालमा जनकपुरमा सम्पन्न नेकपा ९एमाले० को राष्ट्रिय परिषद्को दोस्रो बैठकमा वर्तमान राष्ट्रपति भण्डारीले २० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न माग गर्दै हस्ताक्षर अभियान सञ्चालन गर्नुभएको स्मरण पनि उहाँले गर्नुभयो । 

उहाँले सरकारलाई दलकै सांसदले मत नदिने जस्ता दलीय अनुशासन, मर्यादा, संसदीय प्रणालीमा मान्य नहुने गतिविधि भएको र प्रतिनिधिसभाकाले अर्को सरकाु दिन नसकेपछि मुलुक निर्वाचनमा गएको पनि स्पष्ट गर्नुभयो ।

एमालेका अध्यक्ष ओलीले महिला आन्दोलन महिलाको मात्र हो भनेर पुरुष महिलाको सहयोगी नबनेसम्म र समानताप्रति सकारात्मक नभएसम्म महिला आन्दोलन सफल नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “घरघरमा लड्ने अवस्था आउन दिनुहुँदैन । समानताको अर्थ समानता समृद्धिसहितको समानता स्थापत गर्न सरकार लागिपरेको छ ।”

विसं. २०६३ जेठ १६ मा संसद्बाट महिलासम्बन्धी चार महत्वपूर्ण संकल्प प्रस्ताव पारित भएको दिनको स्मरणमा सरकारले तीन वर्ष पहिलेबाट यो दिवस मनाउन थालेको हो ।