२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

निषेधाज्ञाले बारीमै सड्दै तरकारी, किसान चिन्तित

निषेधाज्ञाले बारीमै सड्दै तरकारी, किसान चिन्तित
अ अ+ अ-

गलेश्वर । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्दा म्याग्दीका किसानले उत्पादन गरेको तरकारी बिक्री हुन नसकी बारीमै सड्न थालेको छ । विश्वभर फैलिएको कोभिड १९ को सङ्क्रमण फैलिन नदिन भन्दै प्रशासनले निषेधाज्ञा जारी गर्दा बजारमा लैजान तयार भएको तरकारी बिक्री नहुँदा किसानहरु चिन्तित भएका हुन् ।

बजारसम्म तरकारी पु¥याउन नसक्दा र पुर्‍याएको तरकारी पनि बिक्री नभएपछि तरकारी बारीमै सड्न थालेको बेनी नगरपालिका–२ खबराका कृषक शोभित शर्माले बताउनुभयो । सात रोपनी जग्गामा लगाएको तरकारी बिक्री नहुँदा पशुलाई खुवाउनु पर्ने वा काटेर फाल्नुपर्ने अवस्था आउन थालेको उहाँको भनाइ छ ।

शर्माले भन्नुभयो, “बजार सबै बन्द छन्, बजारमा भाडामा बस्नेहरु पनि सबै गाउँ उक्लिएका छन्, को आएर हाम्रो तरकारी किनिदिने हो र रु किन्ने मान्छे नै आउँदैनन्”, उहाँले भन्नुभयो । गत वर्षको बन्दाबन्दीले भन्दा यो वर्षको निषेधाज्ञाले किसानलाई बढी घाटा पु¥याएको उहाँको भनाइ छ । यो वर्ष कोरोनाले धेरै मानिसको मृत्यु भएका कारण पनि मानिस डराएकाले कोही पनि बारीमा किन्न नआउने गरेको उहाँले बताउनुभयो ।

त्यस्तै अवस्था छ खबराकै अर्का अगुवा कृषक चन्द्रबहादुर कार्कीको पनि । कार्कीले करिब १० रोपनी जग्गामा लगाएको तरकारी खेती अहिले पशुको आहारा बनेको छ । “दश रोपनीमा लगाएको मुला, काँक्रो, धनियाँ, सिमी, बन्दा, करेलालगायतका तरकारी बिक्री नभएपछि लगानी नै उठाउन गाह्रो भएको छ”, कार्कीले भन्नुभयो  “गत वर्ष लकडाउन भए पनि रु चार लाख आम्दानी भएको थियो, तर यो वर्ष भने एक दुई लाख हुन्छ कि हुँदैन चिन्ताले सताउन थालेको छ ।”

निषेधाज्ञा नहुँदै टिप्ने नभएको र टिप्ने समयमा लकडाउनले बजार पठाउन नपाएको मङ्गला गाउँपालिकाका अर्का कृषक टेकनाथ सापकोटाले भन्नुभयो ।  उहाँका अनुसार सिमी, बन्दा, धनियाँ, काँक्रो छिप्पिएर काम नलाग्ने भइसकेका छन् । आधाजति तरकारी पशुलाई खुवाइसकिएको र आधा बारीमै कुहेर खेरजाने अवस्थामा पुगेका छन् ।

तरकारीको बिक्रीले नै घरखर्च टार्ने यहाँका किसानहरु आम्दानी नभएपछि मर्कामा परेको स्थानीय तहका जनप्रतिनिधिको भनाइ छ । म्याग्दीमा २०० भन्दा बढी कृषकले व्यावसायिक तरकारी खेती गरेका छन् । ती सबै कृषकले उत्पादन गरेको तरकारीले अहिले बजार नपाउँदा खेतबारीमै खेर जान थालेको मङ्गलाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो । यहाँका कृषकहरुले तरकारी बिक्री गरेर वार्षिक रु १० करोडदेखि रु १६ करोडसम्म आम्दानी गर्दै आएका कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । रासस