७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित

निर्वाचनको कामलाई सिडिओ कार्यालयको छायाँका रुपमा रुपमा नगरियोस्: सांसद थापा

निर्वाचनको कामलाई सिडिओ कार्यालयको छायाँका रुपमा रुपमा नगरियोस्: सांसद थापा
अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का सांसद सूर्यबहादुर थापाले निर्वाचनको कामलाई जिल्ला प्रशासन कार्यालयको छायाँको रुपमा रुपान्तरण नगर्न चेतावनी दिनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थापाले जिल्ला निर्वाचन कार्यालय र तथ्यांक कार्यालयलाई खारेज गर्ने निर्णय लोकतन्त्र बिरोधी रहेको बताउनु भयो । उहाँले लोकतन्त्रमा निर्वाचनको निष्पक्षता हुने भन्दै संविधान बमोजिम व्यवस्था भएको आयोगलाई खारेज गर्नु नहुने बताउनु भयो । उहाँले निर्वाचनलाई निष्पक्ष बनाउने प्रत्याभुतिसहित निर्वाचन आयोगले काम गर्न पाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अर्थमन्त्रीजीको धेरै ध्यानाकर्षण गरायौँ । यहाँसम्म आइपुग्दा धेरै पटक भन्यौँ तर यो सुनुवाई भएन । त्यसो भएको हुनाले आज हाम्रो दलको तर्फबाट जिल्ला निर्वाचन कार्यालय र जिल्ला तथ्यांक कार्यालय खारेज गर्ने जुन निर्णय भएको छ, यो गलत छ । यो लोकतन्त्र विरोधी छ । लोकतन्त्रमा निष्पक्षताको सुनिश्चितता र प्रत्याभुतिको मुल मर्म विपरित छ । यस कुरालाई नसच्याएसम्म, लोकतन्त्रमा निर्वाचनको निष्पक्षताको जुन महत्व हुन्छ, यो कुरालाई आत्मसात् नगरेसम्म अरु कुरा गर्नु भनेको बेकारको कुरा हुन्छ ।

बेकारको कुरामा सदनले लगाम लगाउनुपर्छ र निर्वाचनलाई निष्पक्ष गराउने कुराको प्रत्याभुति हामीले छुट्टै निर्वाचन आयोगको व्यवस्था संविधान बमोजिम गरेका छौँ । त्यस अन्तर्गत नै देशभरी निर्वाचन सँग सम्बन्धित कामहरुलाई छुट्टै कार्यालय स्वतन्त्र रुपमा गर्नेगरी निर्वाचन आयोगको, निर्वाचनको कामलाई सिडिओ कार्यालयको छायाँका रुपमा रुपमा रुपान्तरण गर्ने काम नगरियोस् भन्नका निम्ति यो कुरा जोडदार रुपमा, यो विषयमा सभामुखज्युको रुलिङ चाहिन्छ । अर्थमन्त्रीज्यूले स्पष्ट पार्नुपर्छ । खारेज गर्नुपर्छ । तबमात्र सदनको काम अगाडी बढ्छ ।’

उहाँले जिल्ला निर्वाचन कार्यालय खारेजी नगर्न सभामुखको रुलिङको माग गर्नुभयो भने सरकारलाई संसदको लगामको आवश्यकता रहेको बताउनु भयो ।