२६ श्रावण २०८३, मंगलवार
,
Latest
सरकारी उद्योग मात्र चलाउने र निजी क्षेत्रका समस्याग्रस्त उद्योगलाई बेवास्ता गर्ने नीति मान्य हुँदैनः अध्यक्ष… अटोमोबाइल क्षेत्रलाई प्राथमिकतामा राख्न परिसंघको आग्रह, पुँजीगत खर्च बढाउन जोड कोलम्बियामा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु अटोमोबाइल क्षेत्र अर्थतन्त्रको मेरुदण्ड, उपभोगको क्षेत्र मात्र ठान्नु गलतः अध्यक्ष अग्रवाल नेशनल प्याब्सन कास्कीको २०औँ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, आज घण्टाकर्ण पर्व मनाइँदै स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ मागभन्दा बढी आयात हुँदा पनि बजारमा ग्यासको कृत्रिम अभाव, सञ्चय नगर्न व्यवसायीको आग्रह बजेट पेश गर्न नसकेका ४ नगरपालिकामा सहजीकरण गर्दै मन्त्रालय, सहसचिव नेतृत्वको टोली आज फिल्डमा जाँदै वरिष्ठ साहित्यकार डा. राजेन्द्रप्रसाद विमलको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौशाला २६ लाई उपचार खर्च दिन अदालतको आदेश



अ+ अ-

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामा जाहेरीकर्ता गौशाला २६ लाई उपचार खर्च भराउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले पीडित राहत कोषबाट गौशाला २६ लाई अन्तरिम राहत स्वरुप उपचार खर्च दिन आदेश दिएको हो ।

गौशाला २६ ले शारीरिक र मानसिक स्वास्थ्यको उपचार गराउँदा लागेको खर्चको क्षतिपूर्ति सन्दीपबाटै पाउनुपर्ने माग गर्दै जिल्ला अदालतमा निवेदन दिएकी थिइन् । उनले करिव ७० हजार रुपैयाँ खर्च भएको भन्दै बिल पेश गरेकी थिइन् । अस्पतालका चिकित्सकको बकपत्र समेत पेश गरेपछि अदालतले उपचार खर्चवापत १ लाख रुपैयाँ उपलब्ध गराउन आदेश दिएको हो ।

सन्दीपका वकिलहरूले भने बलात्कार भएको ठहर नै नभइकन क्षतिपूर्ति दिन नमिल्ने भन्दै निवेदनको प्रतिवादमा बहस गरेका थिए ।

सन्दीप अहिले जिम्बाबेमा छन् । सर्वोच्च अदालतमा पेशी सार्न निवेदन दिएर उनी राष्ट्रिय टीमबाट क्रिकेट खेल्न जिम्बाबे गएका हुन् । उनी असार २४ मा फर्किने बताइएको छ ।