![](https://newspolar.com/wp-content/uploads/2023/06/pradip-dhakal.jpg)
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
ढकालले अकुत सम्पत्ति आर्जनको आरोपमा आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
ढकाल पशुपतिनाथ मन्दिरको जलहरी राख्ने प्रकरणमा समेत विवादमा परेका हुन् । उनलाई १ करोड ४४ लाख ११ हजार ७८७ रुपैयाँ बिगो कायम र त्यति नै जरिवाना र कैद सजायको माग गरिएको छ ।