काठमाडौं । कोरोना संक्रमणबाट गम्भीर बिरामी परी भेन्टिलेटरमा उपचाररत रहेका विवेकशील साझा पार्टीका पूर्वसंयोजक उज्ज्वल थापाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
उनको आइतबार गरिएको पछिल्लो रिपोर्ट नेगेटिभ आएको हो भने उनी हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत छन् ।
थापाको अवस्था अत्यन्त जटिल बनेपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको हो।
चिकित्सकले उनको स्वास्थ्य अवस्थामा कुनै उल्लेख्य परिवर्तन नभएको जनाएका छन् ।








