८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह

पोखराको नीति तथा कार्यक्रम: ‘समुन्नत पर्यटकीय पोखरा’

पोखराको नीति तथा कार्यक्रम: ‘समुन्नत पर्यटकीय पोखरा’
तस्बिर: रासस
अ+ अ-

गण्डकी । कास्कीको पोखरा महानगरपालिकाले समुन्नत पर्यटकीय पोखराको लक्ष्य हासिल गर्ने उद्देश्यसहित आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

महानगरपालिकाको आगामी आवको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरपालिकाका प्रमुख धनराज आचार्यले समुन्नत पोखरा निर्माणको लक्ष्यसहित थालिएका असल अभ्यासलाई अनुशरण गर्दै ‘समुन्नत पोखराको आधार, सवल अर्थतन्त्र र पूर्वाधार’ भन्ने नाराका साथ अघि बढिएको बताउनुभयो ।

विकास आयोजना निर्धारित समयमा नै सम्पन्न नहुने र तोकिएको भन्दा बढी लागत लाग्ने अवस्था न्यूनीकरण गर्न आयोजनाको प्रारम्भिक चरणदेखि नै सजगतापूर्वक आवश्यक रणनीति अवलम्बन गरिने महानगरको योजना छ । पर्यटन, पूर्वाधार विकास, मानव संसाधन विकास, उद्यमशीलता, सुशासनलाई केन्द्र विन्दुमा राखी तदनुरुप नीति योजना र कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

“सरकारलाई पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न अनुरोध गर्दै समग्र पोखराको समुन्नत पर्यटकीय पोखरा निर्माणका लागि टप टु बटमको एप्रोच लागू गरिनेछ”, प्रमुख आचार्यले भन्नुभयो ।

महानगरपालिकाका महाशाखा, शाखा तथा वडाको सेवालाई प्रविधिमैत्री बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ । मेलमिलाप पद्दतिलाई वडा तहसम्म प्रभावकारी बनाउने महनगरको योजना छ । नागरिकलाई प्रवाह गर्ने सेवालाई प्रभावकारी बनाउन विभिन्न ११ विषयगत काउन्टर सञ्चालनमा ल्याइ सहज, छिटो, छरितो, पारदर्शी र नागरिकमैत्री सेवा प्रवाहका लागि ‘एकद्वार प्राणाली’ सञ्चालनमा ल्याइएको प्रमुख आचार्यले बताउनुभयो ।

करिब रु तीन अर्बको लागतमा बहुप्रतिक्षित तालचोक बेगनास नमुना सडक विश्व बैङ्कको सहयोगमा निर्माण कार्य यसै वर्षदेखि द्रुत गतिमा अगाडी बढेको छ । कोत्रे दोबिल्ला हुँदै बिरौटा जोड्ने वैकल्पिक राजमार्ग स्तरोन्नतिको काम सुरु भएको महानगरपालिकाले जनाएको छ ।

कृषकद्वारा उत्पादित सामग्री उत्पादन स्थलबाटै सङ्कलन गरी सहरी क्षेत्रका कृषि बजारसम्म पुर्याउनका लागि चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले तर्जुमा गरेको त्रिवर्षीय आवधिक योजनाको समयावधि आव २०८०/८१ मा सकिने भएकाले आगामी आव भित्र स्थलगत विशेषतामा आधारित दोस्रो आवधिक योजना तर्जुमा गरिने उल्लेख छ ।

हरेक वडामा गुनासो सुनुवाइको व्यवस्था मिलाइने र हेलो मेयर सेवालाई थप प्रभावकारी बनाउँदै सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । महानगरमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई अवलम्बन गरिने र सेवाप्रवाह तथा सङ्गठन व्यवस्थापनका लागि सुशासन प्रवद्र्धन समितिलाई थप सक्रिय बनाइने छ । विजयपुर पारिको महानगर क्षेत्रलाई पायक पर्ने गरी एक दमकल र एक एम्बुलेन्स सोही क्षेत्रमा रहने व्यवस्था मिलाइने छ ।

विसं २१०० सम्म पोखरालाई कार्बन तटस्थ सहर बनाउने लक्ष्य अनुरूप तर्जुमा भएको कार्बन तटस्थ रणनीतिक कार्ययोजना क्रमश: कार्यान्वयन गर्दै लगिने छ । एक घर दुई बिरुवा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै वृक्षरोपण कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गरिने र आव २०८१/८२ भित्र दुई लाख बिरुवा रोपण गर्ने गरी हरित पोखरा निर्माणका लागि ‘क्लिन पोखरा ग्रिन पोखरा’ परियोजना सञ्चालन गरिने उल्लेख गरिएको छ ।

‘समावेशी आर्थिक विकासको आधार हरित अर्थतन्त्र तथा उत्थानशील सहर’ को अवधारणा, ‘पर्यटनको राजधानी सहर, पोखरा महानगर’को मान्यता स्थापित गर्न पर्यटकीय वस्तु, सेवा र गन्तव्यको विकास तथा प्रवद्र्धन गर्ने महानगरको योजना छ । पोखराको लेकसाइड क्षेत्रमा सवारी व्यवस्थापन र रात्रिकालीन व्यवसाय नियमनका लागि उचित कार्यविधि तजुर्मा गरी कार्यान्वयन गरिने उल्लेख गर्दै प्रमुख आचार्यले लेकसाइड क्षेत्रलाई २४सै घण्टा खुला गर्न पहल गरिने बताउनुभयो ।

बेगनास ताललगायत तालमा सम्भाव्यता अध्ययनका आधारमा वाटर स्पोर्टस् सञ्चालन गर्ने कार्यक्रमलाई अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ । पोखराको पुरानो बजार क्षेत्रका पुरातात्विक सम्पदा निजी घर र सार्वजनिक स्थलको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गरी सम्पदा पर्यटकीय स्थलको रूपमा विकास गरिने महानगरपालिकाले जनाएको छ ।

फेवाताल संरक्षणमा सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाइने भन्दै नीति तथा कार्यक्रममा फेवा, बेगनास, रुपालगायत रामसार सूचिमा सूचिकृत तालको जलाधार तथा सिमसार क्षेत्रको संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।

आगामी दुई वर्षभित्र पोखरा–९, पृथ्वीचोकमा पर्यटन सूचना केन्द्र, वाचनालय, घण्टाघर र सार्वजनिक पुस्तकालय रहने गरी पोखरा भवन (कोसेली घर) निर्माण गरिने प्रमुख आचार्यले बताउनुभयो । ‘कृषि उत्पादनमा वृद्धि, महानगरको समृद्धि’ अवधारणका साथ कृषि तथा पशुपन्छीजन्य उत्पादनमा आधुनिकीकरण तथा यान्त्रीकरण प्रविधि प्रयोगमा ल्याई उत्पादन तथा उत्पादकत्व वृद्धि गरी तरकारी, दूध, माछा, मासु, अण्डा र पुष्प ९फुल० जस्ता वस्तुमा आत्मनिर्भर बनाउन जोड दिइने छ ।

कृषि उपज बजारीकरणका लागि ‘बारीदेखि बजारसम्म, उत्पादक देखि उपभोक्तासम्म’ अभियान सञ्चालन गरिने छ । कृषि उपज सङ्कलन, भण्डारण र बजार पहुँच विस्तारका लागि कृषि एवं उत्पादनमा जाने सहकारीलाई प्रवद्र्धन गर्दै एक सहकारी एक व्यावसायिक उत्पादनमार्फत, उद्योग तथा रोजगारी अभियान सञ्चालन गरिने नीति छ । ‘बेरोजगारसँग रोजगार, उत्पादनसँग बजार’ नारालाई चरितार्थ गर्न श्रम बजारको माग र आवश्यकता अनुरूप सहज रूपमा दक्ष जनशक्ति आपूर्ति हुने व्यवस्थाका लागि व्यवसायिक तथा सीप विकास तालिम सञ्चालन गरिने छ ।

‘स्वदेश मै भर परौंँ, स्वदेश मै केही गरौँ’ कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरिने छ । स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई बिस्तार, विकास र आधुनिकीकरण गरिने छ । महानगर गौरवको आयोजनाको परिभाषा र मापदण्ड तयगरी तोकिएका मापदण्ड पुरा गर्ने आयोजनालाई मात्रै गौरवको आयोजनाको रूपमा सूचीकृत गरी मध्यकालिन खर्च संरचनामा बजेट व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि फेवातालसम्म द्रुतमार्गका लागि अध्ययन गरिने उल्लेख गर्दै प्रमुख आचार्यले लामेआहालमा निर्माण गरिने अत्याधुनिक बस टर्मिनलको जग्गा प्राप्ति लगायतका कार्य प्रदेश सरकारसँगको सहकार्यमा अगाडी बढाइने बताउनुभयो । पोखरा महानगरपालिकाको भू–उपयोग नीति लागु गरिने उल्लेख गर्दै उहाँले अव्यवस्थित जग्गा खण्डीकरणलाई निरुत्साहित गर्दै जग्गा विकास कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । समुन्नत पर्यटकीय पोखरा निर्माणका लागि ताल तलैया, पोखरी, चौतारा, सिमसार, गुफा, मन्दिर पुराना ऐतिहासिक सम्पदा लगायतमा आवश्यक पर्ने पर्यटन पूर्वाधार निर्माण साथै संरक्षण र सम्बद्र्धनको नीति लिइने उहाँले बताउनुभयो ।

ग्रेटर पोखराको अवधारणापत्र तयार गरी सार्वजनिक गरिने र त्यसभित्र व्यवस्थित चक्रपथ र स्याटलाइट सिटीको अवधारणा समेत समेटिने उल्लेख गर्दै नीति तथा कार्यक्रममा महानगरका मुख्यचोक र पर्यटकीय गन्तव्यको सौन्दर्यीकरण गर्दै आवश्यक ठाउँमा सीसी क्यामेरा जडान गरिने जनाइएको छ ।

विद्यालय उमेर समूहका बालबालिकालाई भर्नाको सुनिश्चितता गर्दै गुणस्तरीय आधारभूत तथा माध्यमिक शिक्षाको पहुँचलाई थप विस्तार गरिने महानगरप्रमुख आचार्यले बताउनुभयो । महानगर भित्र प्राविधिक शिक्षामार्फत सिक्दै कमाउँदै कार्यक्रम लागु गरिने उहाँले बताउनुभयो । प्राज्ञिक क्षेत्रसँगको सहकार्यमा विभिन्न कार्यक्रम तय गरी पोखरामा नाटक तथा रङ्गमञ्चको प्रवद्र्धनलाई टेवा पुर्‍याउने नीति लिइने छ । महानगरका सबै वडाबाट नि:शुल्क, सर्वसुलभ र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको व्यवस्था मिलाइने महानगरप्रमुख आचार्यले बताउनुभयो । रासस