११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय

राष्ट्रिय सभा उपनिर्वाचनः लुम्बिनी प्रदेशबाट निर्वाचित दृगनारायण पाण्डे को हुन् ?

राष्ट्रिय सभा उपनिर्वाचनः लुम्बिनी प्रदेशबाट निर्वाचित दृगनारायण पाण्डे को हुन् ?
अ अ+ अ-

बुटवल । लुम्बिनी प्रदेशबाट रिक्त राष्ट्रिय सभा सदस्यको लागि सोमवार भएको उपनिर्वाचनमा विपक्षी गठबन्धनवाट उम्मेदवार बनेका नेपाली काङ्ग्रेसका दृगनारायण पाण्डे विजयी भएका छन्।

निर्वाचन कार्यालयका सूचना अधिकारी गहेन्द्र कुँवरका अनुसार पाण्डेले ४,१४० मतभार प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्रबहादुर खड्काले ३,६१२ मतभार प्राप्त गरेका थिए।

प्रदेश सदस्यको एक र स्थानीय तहको दुई मत भने बदर भएको छ।

नेपाली काङ्ग्रेसका पाण्डेलाई नेकपा माओवादी केन्द्र, उपेन्द्र यादवपक्षीय जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको समर्थन थियो भने खड्कालाई नेकपा एमाले र महन्थ ठाकुरपक्षीय जनता समाजवादी पार्टी नेपालको समर्थन थियो ।

कुल ३०० मतदाता रहेकोमा २९७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। पहिला नेकपामा रहेका पाण्डे हालै मात्र लुम्बिनी प्रदेशको सांसदबाट राजीनामा दिई नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।

उनी २०७४ सालको निर्वाचनमा सूर्य चिन्ह लिएर उम्मेदवार बनी कपिलवस्तुको निर्वाचन क्षेत्र २ ९१० वाट प्रदेशसभामा निर्वाचित भएका थिए।

यसअघि माओवादी केन्द्रवाट राष्ट्रिय सभाका सदस्यमा विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेपछि सो पद रिक्त भएको थियो ।

को हुन् दृगनाराण पाण्डे  ?
नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा लागेका उनी २०७४ सालको निर्वाचनको पूर्वसन्ध्यामा मात्र एमालेको टिकट लिन सफल भएका थिए ।

उनी २०५४ सालको स्थानीय निर्वाचनमा कपिलवस्तुको तत्कालीन महाराजगन्ज गाउँविकास समितिको अध्यक्षमा निर्वाचित भएका थिए।

वैशाख १९ गते प्रदेशसभा सदस्यवाट राजीनामा दिएर पाण्डे फेरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका थिए।

उनले राजीनामा दिएका कारण प्रदेशसभाको उक्त सीट अहिले रिक्त नै छ। बीबीसीबाट साभार