११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

उपचारमा कुनै कमजोरी नगर्न अध्यक्ष तिमिल्सिनाको निर्देशन

उपचारमा कुनै कमजोरी नगर्न अध्यक्ष तिमिल्सिनाको निर्देशन
अ अ+ अ-

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जिल्लामा कोरोना सङ्क्रमितको उपचार र रेखदेखमा कुनै कमजोरी नगर्न निर्देशन दिनुभएको छ । 

सोमबार गृह जिल्लामा आउनुभएका अध्यक्ष तिमिल्सिनाले मानवीय जीवन सबैभन्दा अमूल्य रहेको बताउँदै कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने तर्फ सजग हुन आग्रह गर्नुभयो । जिल्ला प्रशासन कार्यालयमा पुगेर डिसीसीएमसीसँग जिल्लाको समग्र कोभिड–१९ को अवस्थाबारे जानकारी लिँदै उहाँले आवश्यक निर्देशन समेत दिनुभएको हो ।

उहाँले अहिलेसम्मको व्यवस्थापन सन्तोषजनक रहेको बताउँदै महामारी अझै बढ्न सक्ने भएकाले तयारी व्यापक बनाउन आग्रह गर्नुभयो । 

तिमिल्सिनाले पर्वतको समग्र स्वास्थ्य अवस्थाका बारेमा जानकारी समेत लिनुभएको थियो । उहाँले महामहारी जुनसुकै बेला पनि आउन सक्ने भएकाले दिर्घकालीन योजनाहरु बनाएर अघि बढ्न आग्रह गर्नुभयो । तिमिल्सिनाले विकास निर्माणका कामलाई निरन्तरता दिन समेत आग्रह गर्दै कोभीडका कारणले काम हुन नसकेर बजेट फ्रिज हुन नदिने बातावरण बनाउन निर्देशन दिनुभयो । तिमिल्सिनाले पालिका र सदरमुकाममा बन्ने स्वास्थ्य पूर्वाधाहरुलाई अस्थायी नभई स्थायी प्रकृतिका बनाउन समेत निर्देशन दिनुभएको प्रमुख जिल्ला अधिककारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो । 

अध्यक्ष तिमिल्सिनाले निर्माणाधीन पर्वत अस्पताल र आइसोलेशन बोर्डको समेत अवलोकन समेत गर्नुभएको थियो । उहाँले सबै स्थानीय तह र निकाय एकजुट भएर काम गर्न समेत आग्रह गर्नुभयो । 

कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि कुनै जनशक्ति वा औषधी उपकरण अभाव भएमा आफुलाई खबर गर्न समेत तिमिल्सिनाले आग्रह गर्नुभयो । सो अवसरमा समग्र जिल्लाको अवस्थाका बारेमा प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी गराउनुभएको थियो भने कोभिड–१९ को व्यवस्थापनको बारेमा स्वास्थ्य कार्यालय पर्वतले जानकारी गराएको थियो ।  

पर्वतमा दोस्रो लहरको कोरोना भाइरसबाट एक हजार दुई सय सङ्क्रमित भएकाले छन् भने ४४ जनाले ज्यान गुमाएका छन् ।