२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्जय दत्तले किने क्रिकेट टिम



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता सञ्जय दत्तले आगामी जिम्बावे अफ्रो टी १० लिगका लागि क्रिकेट टिम खरिद गरेका छन् । उनले हरारे हरिकेन्स टिम किनेका हुन् । सञ्जय भारतीय सेलिब्रेटी एरिज ग्रुप अफ कम्पनीका संस्थापक सोहन रोयसँगै टोलीको संयुक्त मालिक हुनेछन् । लिगमा सहभागी ६ टोलीमध्ये एउटा पाकिस्तानी फ्रेन्चाइजीले पनि किनेको थियो ।

लिगका लागि जिम्बावे क्रिकेटले अबु धाबी टी–१० लिग आयोजना गर्ने संस्था टी–१० ग्लोबल स्पोर्ट्ससँग सहकार्य गरेको छ । जिम्बावे एफ्रो टी १० लिग ९ दिने प्रतियोगिता हुनेछ । जिम्बावेमा पहिलो पटक लिग हुन लागेको हो । लिग जुलाई २० मा सुरु हुनेछ र फाइनल जुलाई २९ मा हरारे स्पोर्ट्स क्लबमा हुनेछ । प्रतियोगितामा कुल ५ टोलीको सहभागिता रहनेछ ।

सञ्जय दत्तको हरारे हरिकेन्स बाहेक, डरबन कलन्दर्स, केप टाउन साम्प आर्मी, बुलावायो ब्रेभ्स र जोबर्ग लायन्स जिम अफ्रो टी–१० लिगमा भाग लिने अन्य चार टोलीहरू हुनेछन् । खेलाडीको लिलामी जुलाई २ मा हरारेमा हुनेछ ।

टोली किनेर सञ्जय दत्तले भारतमा क्रिकेट धर्म जस्तै भएको बताए । ‘क्रिकेट खेल संसारको हरेक कुनामा फैलाउनु हाम्रो कर्तव्य हो ।’ उनले भने ।