८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने News Polar सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने News Polar भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह

इन्जिनियरिङ सर्भेविना सडक निर्माण गर्ने काम सरकारले तत्काल बन्द गर्नु पर्छ: रामहरी खतिवडा

इन्जिनियरिङ सर्भेविना सडक निर्माण गर्ने काम सरकारले तत्काल बन्द गर्नु पर्छ: रामहरी खतिवडा
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले इन्जिनियरिङ सर्भेविना सडक निर्माण गर्ने काम तत्काल बन्द गर्न सरकारसँग माग गर्नु भएको छ ।

सांसद खतिवडाले पहाडी जिल्लाहरुमा इन्जिनियरिङ सर्भेविना सडक निर्माणको काम हुँदा वृहत रुपमा पहिरो जानेक्रम बढेर गएकाले त्यस्ता कामलाई सरकारले तत्काल बन्द गर्नुपर्ने बताउनु भएको हो ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले डोजर ड्राईभर आफैं इन्जिनियर बनेर सडक खन्ने काम गर्दा त्यहाँ पहिरो जाने क्रम बढेर गएकाले त्यसलाई रोक्न सरकारले ध्यान दिनुपर्ने बताउनु भयो । सांसद खतिवडाले वर्षात्कै कारण पहिरोको जोखिममा परेका ओखलढुंगा बिलन्दुका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । सोही पहिरोले बगाउँदा सो गाउँका रणबहादुर गुरुङ र उनका परिवारका अन्य ३ जना सदस्यको ज्यान गएको छ ।

सो घटनाका कारण ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै सांसद खतिवडाले सो ठाउँमा उचित राहतको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले भन्नु भयो, ‘हिजो राति अविरल वर्षाका कारणले ओखलढुंगाका चम्पादेवी ८ बिलन्दुमा धामखर्क भन्ने ठाउँबाट पहिरो गएर एकैघरका ४ जना रणबहादुर गुरुङ, उहाँकी श्रीमति शिवमाया गुरुङ, छोरी दिनेश गुरुङ र १५ महिनाकी छोरी कृतिमा गुरुङको मृत्यु भएको छ । त्यहाँ धेरैठूलो खेलबारीको नष्ट भएको छ भने धेरै गाईबस्तु त्यहाँबाट हराई रहेका छन । सयौं विग्गा खेत बगाएर लगेको छ ।’

‘सरकारले दू्रततर रुपमा बिस्थापित हुन लागेको त्यो गाउँलाई बसोबासको व्यवस्था गर्नका लागि म पहल गर्न म माननीय मन्त्रीज्यूहरुलाई अनुरोध गर्न चाहन्छु सभामुख महोदय । यतिमात्रै होइन । समयमा रोडहरुको निर्माण नहुँदा र बाटो बनाउने नाममा जहाँ पायो त्यही इन्जिनियर इष्टिमेटविना बाटो निर्माण गर्ने कामले गर्दा पहिरो जाने समस्या वृहत रुपमा आएको छ । अहिले डोजर ड्राईभर आफैं नै इन्जिनियर भएर बाटो खन्दाको परिणाम व्यापी रुपमा यो समस्या आएको छ ।’

‘त्यो बारे पनि सरकारको ध्यान जाओस् भनेर अनुरोध गर्न चाहन्छु । साथै जति नेपाल सरकारले ठेक्कापट्टाबाट काम लगाउँछ । लगाएका कामहरु समयमा ठेकदारले पूरा नगर्दा आषाढ आएपछि खोर्सिन जाने, खन्ने अनि पुर्ने काम भएकाले पहाडी क्षेत्रमा बाढीको प्रकोप, पहिरोको प्रकोप बढेको हुँदा सरकारको त्यतातिर ध्यान जाओस् भनेर अनुरोध गरेँ सभामुख महोदय । ती बिस्थापित ठाउँहरुमा सरकारले चाँडोभन्दा चाँडो राहत पुर्‍याउने र ती विस्थापितहरुलाई स्थापन गर्ने आवश्यक व्यवस्था गरोस भनेर अनुरोध गर्न चाहन्छु ।’

सांसद खतिवडाले वर्षात् सुरु भएपछि सडक खन्ने र पूर्ने काम नगर्न पनि सरकारसँग आग्रह गर्नु भयो ।