२६ श्रावण २०८३, मंगलवार
,
Latest
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन सर्वोच्चको पुनरावलोकनपछि कांग्रेस महाधिवेशन रोक्न संस्थापन इतर समूहको माग ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने राप्रपा सांसदले मागे–लिपुलेक र सीमा विवादमा सरकारको स्पष्ट धारणा जलेका सरकारी स्रेस्ताको वैकल्पिक प्रमाणबाट लेखापरीक्षण गर्न सांसदहरूको जोड गोसाइँकुण्ड मेला व्यवस्थापन तयारी सुरु सुरक्षा, न्याय र सुशासनको अवस्था नाजुक छ : सांसद राई नेकपा सांसद शर्माले प्रधानमन्त्री साहलाई भने–‘गुप्तवास’ छोडेर संसदको सामना गर्नुस् सभामुखलाई एमाले सांसदले भने: प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर अभिव्यक्ति फिर्ता लिने सम्भावना छैन, तपाईं पहल गरिदिनुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्च अदालतको आदेशपछि पनि चलेनन् हिन्दी चलचित्र



अ+ अ-

काठमाडौँ । उच्च अदालत पाटनको आदेशपछि पनि आज हिन्दी चलचित्र चलेका छैनन् ।

काठमाडौँ महानगरापालिकाका प्रमुख बालेन्द्र शाहले हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाएको विरुद्धमा परेको रिटमा उच्च अदालत पाटनले बिहीबार हिन्दी चलचित्रकाे प्रदर्शन नरोक्न आदेश दिएको थियो । उक्त निर्णयसँगै प्रमुख शाहले सामाजिक सञ्जालमार्फत आफू अदालतको आदेश नमान्ने र हिन्दी चलचित्र नचल्ने स्पष्ट पारिसकेकाले आज बुकिङ नखुलाइएको हो ।

आज काठमाडौँ महानगरभित्रका क्यूएफएक्स, बिगमुभिजलगायतमा हिन्दी चलचित्रको टिकट बिक्री गरिएको छैन । भारतीय हिन्दी चलचित्र आदिपुरुषमा जानकी भारतकि छोरी हुन् भन्ने शब्द नहटाएसम्म कुनै पनि भारतीय चलचित्र प्रदर्शन नगरिने प्रमुख शाहले स्पष्ट पार्नुभएको थियो ।

उहाँले त्यसका लागि तीन दिनको पनि समय दिनुभएको थियो । तर तीन दिनसम्म पनि चलचित्रको उक्त संवाद नकाटिएपछि प्रमुख शाहले चलचित्रको प्रदर्शनमा रोक लगाउनुभएको थियो ।

बुकिङ खुला नभएपछि महानगरपालिकाका प्रहरीहरु पनि फिर्ता भएका छन् । महानगरले हलहरुमा १० जनाका दरले नगरप्रहरी खटाएर हिन्दी चलचित्र रोक्न भनेको थियो । तर आज विहान नगरप्रहरी पनि फिर्ता बोलाइएको छ ।