२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्च अदालतको आदेशपछि पनि चलेनन् हिन्दी चलचित्र



अ+ अ-

काठमाडौँ । उच्च अदालत पाटनको आदेशपछि पनि आज हिन्दी चलचित्र चलेका छैनन् ।

काठमाडौँ महानगरापालिकाका प्रमुख बालेन्द्र शाहले हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाएको विरुद्धमा परेको रिटमा उच्च अदालत पाटनले बिहीबार हिन्दी चलचित्रकाे प्रदर्शन नरोक्न आदेश दिएको थियो । उक्त निर्णयसँगै प्रमुख शाहले सामाजिक सञ्जालमार्फत आफू अदालतको आदेश नमान्ने र हिन्दी चलचित्र नचल्ने स्पष्ट पारिसकेकाले आज बुकिङ नखुलाइएको हो ।

आज काठमाडौँ महानगरभित्रका क्यूएफएक्स, बिगमुभिजलगायतमा हिन्दी चलचित्रको टिकट बिक्री गरिएको छैन । भारतीय हिन्दी चलचित्र आदिपुरुषमा जानकी भारतकि छोरी हुन् भन्ने शब्द नहटाएसम्म कुनै पनि भारतीय चलचित्र प्रदर्शन नगरिने प्रमुख शाहले स्पष्ट पार्नुभएको थियो ।

उहाँले त्यसका लागि तीन दिनको पनि समय दिनुभएको थियो । तर तीन दिनसम्म पनि चलचित्रको उक्त संवाद नकाटिएपछि प्रमुख शाहले चलचित्रको प्रदर्शनमा रोक लगाउनुभएको थियो ।

बुकिङ खुला नभएपछि महानगरपालिकाका प्रहरीहरु पनि फिर्ता भएका छन् । महानगरले हलहरुमा १० जनाका दरले नगरप्रहरी खटाएर हिन्दी चलचित्र रोक्न भनेको थियो । तर आज विहान नगरप्रहरी पनि फिर्ता बोलाइएको छ ।