२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहलीको सम्पत्ति हजार करोड बढी, एउटै इन्स्टाग्राम पोस्टबाट कमाउँछन् १४ करोड



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट टिमका ब्याट्सम्यान विराट कोहलीको सम्पत्ति १००० करोड पुगेको छ । ३४ वर्षिय कोहलीको सम्पत्तिलाई लिएर यो खुलासा स्टक ग्रो कम्पनिले गरेको हो । रिपोर्टका अनुसार इन्स्टाग्राममा २५३ मिलियन फलोअर भएका कोहलीको नेटवर्थ १०५० करोड रुपैयाँ (भारु) छ ।

भारतीय पूर्व कप्तान कोहलीलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले ‘ए प्लस’ श्रेणीमा स्थान दिएको छ । कोहलीले सम्झौता अन्तर्गत बीसीसीआईबाट वार्षिक ७ करोड रुपैयाँ पाउँछन् । यसबाहेक बीसीसीआईले उनलाई टेस्टका लागि १५ लाख, ओडीआईका लागि ६ लाख र टी–२० खेल खेलेबापत ३ लाख दिन्छ ।

कोहली इन्डियन प्रिमियर लिग (आईपीएल)रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) को सदस्य हुन् । आरसीबीले उनलाई वार्षिक १५ करोड भारु दिन्छ । कोहलीको मुम्बई र गुरुग्राममा घर छ । मुम्बईमा रहेको घरको मूल्य ३४ करोड र गुरुग्राममा रहेको घरको मूल्य ८० करोड रहेको छ । कोहलीसँग ३१ करोडको लक्जरी कारको कलेक्सन छ ।

सामाजिक सञ्जालको कुरा गर्ने हो भने कोहलीले इन्स्टाग्राममा एउटा पोस्टको लागि ८.९ करोड भारु (१४.२४ करोड रुपैयाँ) लिन्छन् । योसँगै उनले ट्वीटरमा प्रति पोस्ट २.५ करोड भारु लिन्छिन् । कोहलीको इन्स्टाग्राम अकाउन्टमा २५ करोड (२५ करोड ३० लाख) भन्दा बढी फलोअर्स छन् । इन्स्टाग्राममा यति धेरै फलोअर हुने उनी पहिलो एसियाली पनि हुन् ।

कोहलीले ब्रान्ड एन्डोर्समेन्टबाट वार्षिक करोडौं रुपैयाँ कमाउँछन् । कोहलीले क्रिकेटबाट जति कमाइ गर्छन्, त्योभन्दा चार गुणा बढी कमाइ एन्डोर्समेन्ट, ब्रान्ड एन्डोर्समेन्ट र स्टार्टअपबाट गर्छन् । उनले ब्लू ट्राइब, युनिभर्सल स्पोर्ट्सबिज, एमपीएल र स्पोर्ट्स कन्भोलगायत सात स्टार्टअपमा लगानी गरेका छन् । उनले १८ भन्दा बढी ब्रान्डहरू समर्थन गर्छन् । कोहलीले हरेक विज्ञापनका लागि वार्षिक ७.५० देखि १० करोड रुपैयाँ लिने गर्छन् ।