१० असार २०८३, बुधबार
,
Latest
छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता कर्णालीका यातायात कार्यालयबाट ११ महिनामा ३१ करोड २३ लाख राजस्व संकलन, करको मुख्य हिस्सा सवारीसाधनबाट आज पनि सुनचाँदीको मूल्य घट्यो सत्तामा पुगेपछि सुशासनको वाचा बिर्सिएको महासचिव पाेखरेलकाे आरोप रास्वपा महाधिवेशन निर्वाचन : ८० विद्युतीय उपकरणबाट मतदान, दुई घण्टामै नतिजा आउने दाबी विदेशमा रहेका रास्वपा प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्न पाउने असहायको उद्धारमा झापाकाे मानवसेवाश्रम सक्रिय चोरी गरी अमेरिका पुर्याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यसचिवमा डा बैकुण्ठ अर्याल नियुक्त



अ+ अ-

काठमाडौँ ।सरकारले मुख्यसचिवमा डा बैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । आज विहान बसेको मन्त्रिपरिषदको बैठकले अर्याललाई मुख्य सचिवमा नियुक्त गरेको हो ।

हालका मुख्यसचिव शंकरदास बैरागीले राजीनामा दिएपछि प्रधानमन्त्री कार्यालयमा कार्यरत अर्याललाई मुख्यसचिव बनाउने निर्णय मन्त्रीपरिषद्ले गरेको हो । निवर्तमान मुख्य सचिव बैरागीलाई मन्त्री सरहको सेवा सुविधा पाउने गरी राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरिएको छ । बैरागीको कार्यकाल आगामी असोज मसान्तसम्म रहेको थियो ।

अर्याललाई गत गैतमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो । त्यसअघि अर्यालले वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगलगायतमा काम गरिसक्नुभएको छ ।

अर्याल हालका सबैभन्दा वरिष्ठ सचिव समेत हुनुहुन्छ । सचिवका रुपमा अर्यालको कार्यकाल आगामी असार ४ गतेसम्म मात्रै रहेको थियो ।