२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेमा वृद्धि कायमै, कारोबार रकम पाँच अर्ब नाघ्यो



symbolic picture
अ+ अ-

काठमाडौँ । आइतबारदेखि निरन्तर उकालो लागेकोे नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०को परिसूचकमा आज पनि दोहोरो अङ्कको वृद्धि देखिएको छ । कारोबार रकम पनि बढेर पाँच अर्ब नाँघेको छ । आज नेप्से परिसूचक १६ दशमलव ४२ अङ्कले बढेर दुई हजार ३७ दशमलव छ अङ्क कायम भएको छ ।

आज दुई सय ७५ वटा कम्पनीको एक करोड २५ लाख ६१ हजार चार सय ४० कित्ता शेयर ७९ हजार चार सय ६१ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब एक करोड ७८ लाख सात हजार छ सय ८२ बराबरको कारोबार भएको छ ।

आज विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । विकास बैंक समूह ३६ दशमलव २१, वित्त १५ दशमलव ८९, होटल तथा पर्यटन ४३ दशमलव १६, लगानी शून्य दशमलव ३९, निर्जीवन बीमा ६७ दशमलव २७ र लगानी समूह २० दशमलव ०९ अङ्कले घटेको छ ।

उपसूचक बढ्नेमा सबैभन्दा धेरै जीवन बीमा समूह एक सय ६४ दशमलव ६६ अङ्कले बढेको छ । त्यसैगरी, बैंकिङ १५ दशमलव ७४, जलविद्युत् १२ दशमलव छ, उत्पादन तथा प्रशोधन ३४ दशमलव १६, लघुवित्त ६५ दशमलव एक, म्युचुअल फन्ड शून्य दशमलव एक र अन्य समूह ३२ दशमलव ९० अङ्कले बढेको छ ।

आजको कारोबारमा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव ६२ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै रू २८ करोड १७ लाख आठ हजार आठ सय ४२ बराबरको पाँच लाख ३४ हजार चार सय ५६ कित्ता शेयर किनबेच भएको छ । रासस