७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अन्तर्राष्ट्रिय कुरान बाचन प्रतियोगिता’ मा नेपाल पनि सहभागी हुने



अ+ अ-

काठमाडौँ । साउदी अरवको पवित्र सहर मक्कामा आयोजना हुने ‘अन्तर्राष्ट्रिय कुरान बाचन प्रतियोगिता’ मा नेपाल पनि सहभागी हुने भएको छ ।

बुधबार (आज) मुस्लिम आयोगले न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै सो प्रतियोगितामा नेपालबाट पनि प्रतिनिधित्व हुने जानकारी गराएको हो ।

नेपाल सरकार परराष्ट्र मन्त्रालयले आयोगलाई पठाएको पत्रमा सो कुरा उल्लेख गरिएको आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताउनु भयो । परराष्ट्र मन्त्रालयले सो प्रतियोगितामा सहभागी हुने एक जना छनौटको कामको संयोजन गर्ने जिम्मेवारी पनि सोही आयोगलाई दिएको छ ।

आयोगले नेपाल सरकारमा रजिष्ट्रर भएका मदरसाबाट आवेदन आह्वान गरेको थियो । त्यसमा १२ जनाले आवेदन गरेको र उनीहरुमध्येबाट उत्कृष्ट एक जनाको छनौट गरी सो प्रतियोगितामा सहभागी गराउन लागिएको पनि आयोगका अध्यक्ष अन्सारीले बताउनु भयो । उहाँले भन्नु भयो, ‘हाम्रो परराष्ट्र मन्त्रालयबाट आएको पत्र अनुसार साउदी अरवको पवित्र सहर मक्कामा २५ अगष्टदेखि ६ सेप्टेम्बरसम्म अन्तराष्ट्रिय कुरान कम्पिटीशनमा नेपालको तर्फबाट पनि एक जना सहभागी गराउनुपर्ने भनेर साउदी एम्बेसीबाट परराष्ट्र मन्त्रालयमा आयो । सो जानकारी हामीलाई गराएको छ ।

‘त्यही बमोजिम हामीले चाँही एक हप्ता अघि नै सूचना निकालेर यसमा सहभागी हुने इच्छुक चाँही स्टुडेन्टलाई आ–आफ्नो मदरसाबाट छनौट गरेर चाँही आज आयोगमा २०८० साल ज्येष्ठ ३१ गते छनौटका लागि हामीले आह्वान गरेका थियौं । त्यही हिसावले टोटल १२ जना विद्यार्थीहरु यसमा सहभागी हुनु भएको छ । जुन चाँही ५ वटा क्याटोगरी यसमा दिएको छ साउदी सरकारको तर्फबाट । त्यसमा हामीले तेस्रो क्याटोगरीलाई चुज गर्‍यौं । र, त्यो क्याटोगरीमा चाँही आज कम्पिटीशन हुन्छ । र, यो १२ जना मध्ये चाँही कम्पिटीशनमा एक जनालाई हामी छनौट गर्छौ । र, त्यो एक जना चाँही साउदी सरकारकै खर्चमा साउदीमा अन्तराष्ट्रिय कुरान कम्पिटीशनमा उहाँहरु जानुहुन्छ । र, यसको जुन क्याटोगरी छ । त्यसमा फष्ट हुनेलाई २ लाख रियाल पुरुस्कार पनि छ । र, यसमा विश्वभरीबाट नै सहभागी हुने हो यो कम्पिटीशनमा ।’

सो अन्तर्राष्ट्रिय प्रतियोगिता अगष्ट २५ देखि सेप्टेम्बर ६ अर्थात् नेपाली समय आगामी भदौं ८ गतेदेखि २० गतेसम्म हुनेछ । प्रतियोगितामा विश्वका विभिन्न देशहरुबाट एक/एक जना प्रतियोगी सहभागी हुनेछन । त्यसमध्येबाट प्रथम हुनेलाई २ लाख रियाल नगदसहितको पुरस्कार दिइने पनि आयोगले जनाएको छ ।