२५ श्रावण २०८३, सोमबार
,
Latest
शीत भण्डार बनेपछि स्याङ्जाकाे रत्नपुरका आलु उत्पादक किसान उत्साहित गाईजात्राको अवसरमा ‘जोगिन्दर’ले ल्याए ‘बालेन सरकार’, राजनीतिदेखि सामाजिक प्रवृत्तिसम्म व्यंग्य आङ सान सुकीको पूर्ण रिहाइको आसियान माग म्यान्मा सरकारद्वारा अस्वीकार कावासोतीमा टायर पन्चर भएर माइक्रोबस पल्टिँदा ६ जना घाइते बजार अनुगमनमा कारबाही : खरिद बिल नराख्ने पसललाई २० हजार जरिवाना विपद्का घटना बढे, एकै दिन ४१ घटना यमनमा हुथी विद्रोहीको मिसाइल र ड्रोन आक्रमणः ८ जनाको मृत्यु, तटीय क्षेत्रमा व्यापक क्षति अनलाइन ठगीको सञ्जालः विवाहको प्रलोभनमा कास्कीकी एक महिलाले गुमाइन् ३१ लाख रुपैयाँ ह्वाइट हाउसको मुख्य कानूनी सल्लाहकारमा विल शार्फ नियुक्त दक्षिण लेबनानको ‘पाइलट क्षेत्र’ मा तीन सैनिक घाइते, इजरायली सेनाद्वारा अनधिकृत संरचना निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरायसी विवाद हुँदा काठमाडौंमा भाइले गरे दाइको हत्या



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिका–२३ ओमबहाल माथेमा चोकमा भाइले दाइको हत्या गरेका छन्।

घरायसी विवाद हुँदा २५ वर्षीय सुरज शाक्यले हतौडा प्रहार गरी ४५ वर्षीय सूर्य शाक्यको हत्या गरेका हुन् ।

सुरजले आमालाई दाइले गाली गरेको झोंकमा हतौडा प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले बताए । घटनापछि फरार रहेका सुरजलाई प्रहरीले मंगलबार बिहान पौने ९ बजे काठमाडौं–२५ सिनामंगलबाट पक्राउ गरेको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।