९ भाद्र २०८३, मंगलवार
,
Latest
जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विमानस्थलबाट ७ किलो चरेससहित जर्मन नागरिक पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

काठमाडौं । त्रिभुवन विमानस्थलबाट करिब ७ किलो चरेससहित एकजना जर्मन नागरिक पक्राउ परेका छन् ।

सोमबार बिहान टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका ६३ वर्षीय पउल वेर्स्टलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उनको सुट्केसबाट ६ किलो ८६० ग्राम चरेस बरामद गरेको छ । पउलले बाहिर ठूलो सुट्केसभित्र अरु दुईवटा सुट्केस हालेको र कपडासँगै कालो कार्बनले बेरेर चरेस लुकाएर लैजाने क्रममा बरामद भएको प्रहरीले जनाएको छ।