१८ भाद्र २०८३, बिहीबार
,
Latest
कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड–१९ ले थलिएको अर्थतन्त्र लयमा फर्काउने क्रममा छौँ : अर्थमन्त्री शर्मा



file
अ+ अ-

ललितपुर । अर्थमन्त्री जनार्दन शर्माले दुई वर्षदेखि कोभिड–१९ ले थलिएको मुलुकको अर्थतन्त्र पुरानै लयमा फर्काउन विभिन्न योजना अघि बढाइएको बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य सङ्घको ५५औँ स्थापना दिवसका अवसरमा आज उहाँले मुलुकको अर्थतन्त्र मजबुद बनाउने प्रयास भइरहेको उल्लेख गर्नुभयो ।  

बैंकको व्याजदरबाट समस्यामा परेका व्यवसायीको हितका लागि थुप्रै किसिमको छलफल सुरु गरिरहेको मन्त्री शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “सांस्कृतिक शहर ललितपुरमा निर्माण भएका मूर्तिलगायतका साथै वास्तुकलाकोसमेत प्रवद्र्धन गर्ने योजना छ ।” उहाँले कार्यक्रममा उपस्थित व्यवसायीसँग सल्लाह तथा सुझावसमेत माग्नुभयो । युक्रेन र रुसबीचको युद्धका कारण मुलुकमा ठूलो असर परिरहेको उहाँले उल्लेख गर्नुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले ३५ वर्षअघि यस क्षेत्रमा लागि पर्दा हालको जस्तो अर्थतन्त्रको एकदमै नाजुक अवस्था यसअघि कहिल्यै पनि नदेखेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले मुलुकमा तरलताको समस्या गम्भीररुपमा बढ्दै गइरहेको छ । समस्या समाधान नगर्ने हो भने अर्थतन्त्रमा अझै ठूलो चुनौती थपिएर व्यवसायी मात्रैलाई होइन समस्त नेपालीकै जीवनमा प्रभाव पार्ने देखिन्छ, ध्यान दिन जरुरी छ ।” अर्थतन्त्रको जटिल अवस्था ध्यानमा राखी सरकारले नेपालमा पर्यटकलाई खुलेर स्वागत गर्नुपर्ने बेला भएको उहाँको भनाइ थियो ।  

सांसद नवराज सिलवालले अर्थतन्त्रको अवस्थाबारे छलफल गर्नु आवश्यक भएको बताउनुभयो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पाटनस्थित देव भीमसेन मन्दिर पुनःनिर्माणमा आफूहरुले सरकारसँग एक पैसा नलिइ सम्पन्न गर्न सफल भएकामा खुसी व्यक्त गर्दै सो स्थानमा रहेका विभिन्न मूर्त तथा अमूर्त सम्पदा प्रवद्र्धनका लागि पर्यटकको बसाई लम्ब्याउन जरुरी भएको बताउनुभयो ।

सङ्घका पूर्वअध्यक्ष शैलेन्द्रलाल प्रधानले हरेक वर्ष मुलुकमा रु पाँच खर्बको अवैधानिकरुपमा कपडा व्यापार हुने गरेको उल्लेख गर्दै सो नियन्त्रण गर्न सरकारले ध्यान दिनुपर्ने औँल्याउनु भयो । सङ्घका अध्यक्ष मनोजबहादुर न्याछ्योंले ललितपुरभित्र उत्पादन भएका र हुने गरेका थुप्रै वस्तु निर्यातमा सरकारले जोड दिएर मुलुककै सिङ्गो अर्थतन्त्रमा टेवा पुर्‍याउनसक्ने भनाइ राख्नुभयो । कार्यक्रममा २५ वर्ष निरन्तर सङ्घको सदस्य भएका व्यक्तिलाई प्रशंसापत्र वितरण गरिएको थियो । यस्तै नेपालको संस्कृति र साहित्यमा योगदान पुर्‍याउने व्यक्तिलाई समेत सम्मान गरिएको थियो ।