७ पुष २०८२, सोमबार
,
Latest
काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस देउवा निवास महाराजगञ्जमा ओली ‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै घरमा आगो लगाउने पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

सुदूरपश्चिम । जाँड रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पुर्याउँछन् भन्ने कुरा धनगढीमा भएको एक घटनाले चरितार्थ गरेको छ ।

मादकपदार्थ सेवन गरेर नशामा लिप्त भएका धनगढी उपमहानगरपालिका–३ का वीरबहादुर विष्टले तीन दिनअघि आफ्नै पक्की घरमा आगो लगाएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार घरको बीच कोठामा निज विष्टले रातिको समयमा लगाएको आगोले कोठामा रहेको लत्ता कपडा, सोफसेट, बिजुलीको वाइरिङ तारलगायतका झण्डै रु ७० हजार मूल्य बराबरको मालसामान जलेर नष्ट भएको छ । प्रहरी र स्थानीयवासीको प्रयासमा राति नै आगो नियन्त्रणमा लिइएको थियो ।

यसैगरी प्रहरी टोलीले कैलालीको कैलारी गाउँपालिका मदनसिंह रानाको घर अगाडिको बारीमा लुकाइछिपाई राखिएको चार थान सालका गोलिया, कञ्चनपुर भीमदत्त नगरपालिका–११ मा भारतबाट भन्सार छली ल्याइएको रु ३५ हजार मूल्य बराबरको दाल, पेयपदार्थ र धनगढी उपमहानगरपालिकाको मिलन चोकबाट भन्सार छली गरी भित्र्याइएको रु ५० हजार मूल्य बराबरको मालसामान बरामद गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरीले पछिल्ला हप्तामा सीमा क्षेत्रबाट हुने चोरी तस्करी, लागुऔषदको कारोबार जस्ता आपराधिक एवं अवाञ्छित क्रियाकलाप नियन्त्रणमा सक्रियता देखाएको छ ।

यसैबीच बैतडीको मेलौली नगरपालिका–५ को अर्जुन अदल्ले नामको भीरबाट खसेर आज सोही जिल्लाको पञ्चेश्वर गाउँपालिका–५ का शङ्करदत्त कलौनीका १९ वर्षीय छोरा प्रेम कलौनीको मृत्यु भएको पनि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।