२५ मंसिर २०८२, बिहीबार
,
Latest
रणवीर सिंहको ‘धुरन्धर’ले पठान र सैयारालाई पछि पार्यो हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल नेपालगञ्जमा दिपाल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज सुनको मूल्य एक हजार रुपैयाँले बढ्यो दोस्रो हप्तामा ‘अभिमन्यु’, शो खोज्दै दर्शक, सामाजिक सञ्जालमा भन्न थाले– सिनेमा हेर्न पाइएन हेटौँडा मुख्य सडक विस्तारः २०३१ सालमा मुआब्जा लिएका घरहरूसमेत प्रभावित हुने (तस्बिरहरु) रवि र छविको मुद्दाको आज सुनुवाइ एमाले महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक जारी एमाले महाधिवेशन मुल व्यवस्थापन समितिको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिन्दी भाषामा पनि ‘परस्त्री’



अ+ अ-

काठमाडौँ । केही समयदेखि नेपाली चलचित्र विदेशी भाषामा स्वराङ्कन भएर प्रदर्शन हुने क्रम बढेको छ । गतवर्ष ‘प्रेम गीत ३’ को प्रदर्शन हिन्दी भाषामा भएसँगै अन्य निर्माताले छिमेकी राष्ट्र भारतमा नेपाली चलचित्रको बजार विस्तार गर्न प्रयास गरिरहेका छन् ।

अभिनेता हुँदै निर्देशक बनेका सुरज पाण्डेले आफ्नो पहिलो निर्देशकीय चलचित्र ‘परस्त्री’ को प्रदर्शन हिन्दी भाषामा गरिने जानकारी दिए । “हामीले भारतमा बजार पाउन सक्यौँ भने हाम्रो निर्माणमा अझैँ भव्यता पाउनेछौँ । हामीले विदेशी भाषामा चलचित्र ल्याएर दर्शक बढाउने प्रयास र ‘ओभर दी टप’ (ओटिटी) प्लेटफर्ममा सम्भावना खोजिरहेका छौँ”, निर्देशक पाण्डेले भने ।

चलचित्रका लेखक तथा निर्माता दीपेन्द्र के खनालले हिन्दी भाषामा नेपाल प्रदर्शन गर्ने वा नगर्ने विषय तय नभएको जानकारी दिए । “हामी छलफलमै छौँ । नेपालमा हिन्दी भाषा प्रदर्शन गर्नै पर्ने भन्ने छैन । हिन्दी भाषा विशेषत भारतसँगै विदेशी बजारको लागि हो”, लेखक खनालले भने ।

आगामी असार १५ गतेदेखि प्रदर्शनमा आउने चलचित्रमा कलाकार कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्माले अभिनय गरेका छन् । विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक सङ्कट कथावस्तुमा निर्माण भएको चलचित्रको प्राविधिक कार्य भारतकै मुम्बइमा गरिएको छ ।

हिन्दी भाषामा नेपाली चलचित्रले दर्शक पाएमा यहाँ निर्माणका लागि बजेट भित्रिने वितरक करण श्रेष्ठको भनाइ छ । “हामी कहाँ हिन्दी भाषामा बन्ने चलचित्रको बजार राम्रो छ । यद्यपि भारतमा हामीले नेपाली चलचित्रलाई राम्रोसँग प्रदर्शन गर्न सकिरहेका छैनौँ । विस्तार भइरहेको प्रयाशले पक्कै एक दिन सफलता दिनेछ”, वितरक श्रेष्ठले भने ।