२६ श्रावण २०८३, मंगलवार
,
Latest
प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल सशस्त्र प्रहरीले एक वर्षमा रु १३ करोडभन्दा बढीको अवैध सामान बरामद सभामुख अर्यालसँग अष्ट्रेलियाका लागि नेपालका राजदूत साइमन अन्स्र्टको शिष्टाचार भेटवार्ता सरकारले निजी क्षेत्रलाई विश्वास नगर्ने हो भने निजी क्षेत्रले पनि सरकारलाई विश्वास गर्दैन: अध्यक्ष वैद्य यस्ता छन् आज बसेको मन्त्रीपरिषद् बैठकका ५ निर्णयहरू सुनसरी र सिरहाका चार जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय नेपालमा गत वर्ष १२ अर्बको एफडीआई, जीडीपीसँगको अनुपात ०.१८ प्रतिशत मात्रै व्यवसायीको मनोबल खस्किदा बैंकको लगानी ३० अर्बले घट्यो: सीईओ ज्ञवाली ज्येष्ठ नागरिकमाथि दुर्व्यवहारको आरोप, बेलफीका प्रमुख प्रशासकीय अधिकृतलाई ३ दिनभित्र उपस्थित भएर स्पष्टीकरण पेश गर्न… ५० जना माउन्टेन गाइडलाई कन्टेन्ट क्रिएटर तालिम प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

हलमा फेरि फर्किन थाल्यो ‘हल्कारा’



अ+ अ-

काठमाडौँ । प्रदर्शनमा आउनुपूर्व नै अन्तर्राष्ट्रिय स्तरमा चर्चा र केही प्रतिष्ठित फिल्म फेस्टिभलहरुमा अवार्डहरु हात परेको नेपाली चलचित्र ‘हल्कारा’ गत वैशाख २९ गतेदेखि देशभर एक साथ प्रदर्शनमा आएको थियो ।

हलमा शो बाँडफाडमा पछि परेको हल्कारा लगभग धेरै हलहरुबाट उत्रि नै सकेको थियो । काठमाडौँको सुन्धारामा रहेको सिडिसि सिनेमामा भने एक शो प्रदर्शन हुँदै आएको थियो ।

गत शनिवार भने यहाँ दुई शो प्रदर्शन भएको थियो । जसमा दर्शकको उत्साहजनक उपस्थित रहेको थियो । समिक्षकहरुको उत्कृष्ट प्रतिक्रिया पाएको उक्त सिनेमाले प्रदर्शन भएको तेस्रो हप्ता देखि फेरि केहि हलहरुमा थप शोहरु पाउन थालेको छ । विश्वज्योति हलमा पनि हल्काराको प्रदर्शन थालिएको छ ।

हल्कारामा महेश त्रिपाठीको मुख्य भुमिका रहेको छ भने विक्रम सापकोटाको निर्देशन रहेको छ । महेशका अलावा विनिता थापामगर, पशुपति राई, स्वर्गीय दिपक क्षेत्री, प्रकाश दाहाल लगाएतको अभिनय रहेको छ ।

यसको लेखक निर्देशक सापकोटासँगै कवि विप्लव प्रतीक र आकाश बराल छन् । चिन्तन राजभण्डारी छायाँकार रहेको चलचित्रलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन् ।