२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेशम चौधरी रिहा



फाईल फोटो
अ+ अ-
काठमाडौँ । रेशम चौधरी रिहा भएका छन् । राष्ट्रपतिबाट आम माफी पाएका पूर्वसांसद समेत रहेका चौधरी रिहा भएका हुन् । उनी डिल्लीबजार कारागारबाट सोमबार विहान रिहा भएका हुन् । उनलाई कारागारमा लिनका लागि उनका समर्थक र आफन्त पुगेका थिए ।
टीकापुर घटनामा दोषी ठहर भइ कैद सजाय भोगिरहेका उनीसहित राष्ट्रपतिबाट १९ जनाले आम माफी पाएका छन् । टीकापुर घटनामा संलग्न भएको आरोपमा चौधरीसहित पाँच जना कारागारमा थिए । उक्त घटनामा संलग्न भएको आरोप  लागेका अन्य २९ जना हालसम्म फरार छन् । पाँच वर्ष तीन महिना जेल सजाय काटेका चौधरीले १४ वर्ष ९ महिना सजाय छुट पाएका हुन् ।