२६ श्रावण २०८३, मंगलवार
,
Latest
नेपालमा गत वर्ष १२ अर्बको एफडीआई, जीडीपीसँगको अनुपात ०.१८ प्रतिशत मात्रै व्यवसायीको मनोबल खस्किदा बैंकको लगानी ३० अर्बले घट्यो: सीईओ ज्ञवाली ज्येष्ठ नागरिकमाथि दुर्व्यवहारको आरोप, बेलफीका प्रमुख प्रशासकीय अधिकृतलाई ३ दिनभित्र उपस्थित भएर स्पष्टीकरण पेश गर्न… ५० जना माउन्टेन गाइडलाई कन्टेन्ट क्रिएटर तालिम प्रदान आर्थिक प्रलोभनमा पारी बालिकाको डिम्ब निकालिएको घटनाप्रति संसदको ध्यानाकर्षण, दोषीलाई कारबाही गर्न माग प्रधानमन्त्रीको ‘एक्लोपन’ माथि एमाले सांसद थेबेको प्रश्नः ‘कुन आधारमा साथ दिने ?’ खुश्बुको प्रश्नः ‘तथ्याङ्कमा मल छ, किसानको खेतमा किन छैन ?’ भारतमा रहेका नेपालीको सुरक्षा र अधिकार सुनिश्चित गर्न सांसद रमेश मल्लको माग मन्त्रिपरिषद् बैठक सुरु अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी आवको बजेट सार्वजनिक हुँदै



अ+ अ-

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दैछ । यसका लागि संघीय संसदको संयुक्त बैठक अपराहन्न ४ः१५ बजे बोलाइएको सम्भावित कार्यसूची छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले पहिलो पटक बजेट पेस गर्दै हुनुहुन्छ । अर्थमन्त्री महतले योजना आयोगले दिएको सीमाभित्रै आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गर्नुभएको छ ।

आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि राष्ट्रिय योजनाले १६ खर्ब ८८ अर्ब रुपैयाँको सीमा निर्धारण गरेको छ । आगामी वर्षको बजेटमा कर्मचारीको तलब भत्ता बढाउने, समाजिक सुरक्षा भत्ता बढाउने जस्ता प्रचारमुखी कार्यक्रमहरु समेटिएका छैनन् भने ७५३ वटै स्थानीय तहमा कृषि उत्पादनलाई प्राथमिकता दिँदै नयाँ कार्यक्रम लागू गर्ने तयारी गरिएको छ ।

साथै, कृषि क्षेत्रमा दिँदै आएको सहुलियतपूर्ण कर्जा र कृषि अनुदानलाई थप व्यवस्थित गर्ने र उत्पादनका आधारमा दिने घोषणा बजेटमार्फत् हुन लागेको छ ।




भर्खरै