१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन

मध्यमर्स्याङ्दीमा बढ्दै बिजुली

मध्यमर्स्याङ्दीमा बढ्दै बिजुली
अ अ+ अ-

लमजुङ । यहाँ उत्पादिन मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली वृद्धि हुन थालेको छ । मर्स्याङ्दी नदीमा पानीको बहाव बढ्न थालेसँगै बेँसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना केन्द्रबाट बिजुली उत्पादन वृद्धि हुन थालेको हो ।

केही दिन यता बेलाबेलामा वर्षा हुनाका साथै हिउँ पग्लिएर मर्स्याङ्दी नदीमा पानी बढेपछि यतिबेला दैनिक ५७र६० मेगावाटसम्म बिजुली उत्पादन भइरहेको केन्द्रका प्रमुख पवन बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “जाडो याम सुरु भई सो नदीमा पानीको बहाव कम हुँदै जाँदा क्षमताभन्दा कम उत्पादन भइरहेको यस केन्द्रको बिजुली विस्तारै वृद्धि हुदै गएको छ ।” केही समय २६ मेगावाट मात्र बिजुली उत्पादन भएकामा यतिबेला वृद्धि हुँदै गएको र एक महिनाभित्रमा पूरै क्षमतामा उत्पादन हुने बताइएको छ । यस आयोजनाबाट बर्खायाममा क्षमताभन्दा बढी बिजुली उत्पादन हुने गर्दछ । मस्र्याङ्दी नदीमा पानीको बहाव बढ्दा बिजुली उत्पादन बढ्ने र पानी घट्दा उत्पादन घट्ने भएकाले नदीको पानीको बहाब क्षमताको आधारमा बिजुली उत्पादन गर्ने गरिन्छ ।

सन् २००० मा निर्माण सुरु भएको यो आयोजना सन् २००८ मा सम्पन्न भएको थियो । कूल रु २७ अर्ब २० करोडको लागतमा निर्माण भएको यो आयोजना जिल्लाकै पहिलो तथा ठूलो जलविद्युत् आयोजना हो । जिल्लामा आधा दर्जनभन्दा बढी आयोजनाबाट बिजुली उत्पादन भएको छ । ती अधिकांश आयोजनाबाट पनि विस्तारै बिजुली उत्पादन वृद्धि भइरहेको बताइएको छ ।

जिल्लामा ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’, पचास मेगावाटको माथिल्लो मर्स्याङ्दी ए, न्यादी खोलामा निर्माण गरिएको ३० मेगावाटको न्यादी जलविद्युत्, दोर्दी करिडोरमा उत्पादित हिमालयन पावर पार्टनरको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जी लिमिटेडको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना, दोर्दीखोला जलविद्युत् कम्पनीको १२ दशमलव एक मेगावाटको दोर्दी–१, छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीको चार मेगावाट क्षमताको जलविद्युत्लगायतबाट बिजुली उत्पादन भइरहेको छ । रासस