५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छ: रघुजी पन्त



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ ।

राष्ट्रपति कार्यालयमा थन्किएको सो विधेयक राष्ट्रपतिलाई प्रमाणिकरणका लागि सिफारिस गरिएको भन्ने प्रधानमन्त्री दाहालको अभिव्यक्ति संविधान, कानुन र लोकतन्त्रको पनि भावना विपरित रहेकाले त्यसप्रति आफूहरुको आपत्ति रहेको उहाँले बताउनु भयो ।

आईतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा सांसद पन्तले सो विधेयक तत्काल संसदमा ल्याएर पारित गराउनुपर्ने उल्लेख गर्दै त्यसका लागि आफ्नो पार्टी तयार रहेको समेत बताउनु भयो । सांसद पन्तले संविधान विपरित हुने भएकाले राष्ट्रपति रामचन्द्र पौडेललाई पनि सो विधेयक संसदमा नआई प्रमाणीकरण नगर्न आग्रह गर्नु भयो । उहाँले भन्नु भयो, प्रधानमन्त्रीले हिजो बोलेका दुई वटा कुरा अत्यन्त आपत्तिजनक छन । एउटा कुरा उहाँले नागरिकता विधेयकको बारेमा कुरा गर्नु भयो ।

नेपाली जनताले नागरिकता अत्यन्त छिटो नागरिकता पाउनु पर्छ । र, कतिपय नागरिकता विभिन्न कारणले नपाएर बसेका जुन मानिसहरु छन । उनीहरुलाई समस्या पनि छ । र, त्यो नागरिकता सम्बन्धि कानुन छिटो भन्दा छिटो पारित होस भन्ने हाम्रो पनि चाहना छ । त्यो विधेयक छिटो पारित होस भन्ने हाम्रो पनि इच्छा छ । तर कुनै पनि कुरालाई छिटो गर्ने नाममा असंवैधानिक काम गर्नु हुँदैन । जसरी हामीले मन्त्रीपरिषदबाट निर्णय गरेर पुन: राष्ट्रपतिको पठाएका छौं भनेर प्रधानमन्त्रीले त्यो विधेयकको बारेमा भन्नु भयो । त्यो अत्यन्त आपत्तिजनक छ । र, त्यो संविधानको बर्खिलापमा पनि छ । लोकतन्त्रको विरुद्धमा पनि छ । त्यसैले हाम्रो भनाई के हो त भन्दाखेरी म विशिष्ट रुपमा जोड दिएर भन्न चाहन्छु–उक्त विधेयकलाई हामी छिटोभन्दा छिटो पारित गर्न तयार छौं ।

छिटो भन्दा छिटो दिनरात बैठक बसेर पनि त्यो नागरिकता नपाएकाहरुले छिटो पाउन भन्ने, उनीहरुको दुखकष्टलाई पनि ध्यान दिएर हामीले सो विधेयक पारित गर्न तयार छौं । तर विधेयकलाई संसदमा आउनु पर्‍यो । यसरी धुलो लागेको बिधेयक टकटक्याएर मन्त्रीपरिषदले राष्ट्रपति कहाँ पठाएर राष्ट्रपतिलाई अप्रत्यक्ष रुपले दवाव दिन मिल्दैन । मैले पनि धेरै संविधानविद र कानुनविद्सँग कुरा गरेर बोलेको हो । यो संविधानको भावना र संविधानको स्पिरिट, लोकतन्त्रको स्पिरिट विरुद्ध छ । त्यसैले यो नागरिकता सम्बन्धि विधेयक जुन थन्किएर बसेको छ । त्यो विधेयक अविलम्ब प्रधानमन्त्रीले राष्ट्रपति कहाँ पठाउने होइन । त्यो संसदमा दर्ता गर्नु पर्‍यो । मेरा राष्ट्रपतिज्यूलाई पनि के आग्रह छ भने संविधानको स्पिरिट र लोकतन्त्रको भावना विरुद्ध भएको यो विधेयकमा हस्ताक्षर नगर्नुहोस भन्ने मेरो आग्रह छ ।

सांसद पन्तले गिटी, ढुंगा र बालुवा भारतमा निकासी गर्ने प्रधानमन्त्री दाहालको अभिव्यक्तिप्रति पनि आपत्ति जनाउनु भयो । प्रधानमन्त्री दाहालले शनिबार (हिजो) सरकारको नीति तथा कार्यक्रमबारे सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा राष्ट्रपति कार्यालयमा थन्किएर बसेको विधेयक प्रमाणिकरण गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको बताउनु भएको थियो । प्रधानमन्त्रीको सो अभिव्यक्तिप्रति सांसद पन्तको आपत्ति छ ।

 




भर्खरै