१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन

एमालेद्वारा कीर्तिमानी सगरमाथा आरोही बुढामगरलाई सम्मान (फोटोफिचर)

एमालेद्वारा कीर्तिमानी सगरमाथा आरोही बुढामगरलाई सम्मान (फोटोफिचर)
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)ले कृतिम खुट्टाको सहायताले सगरमाथा आरोहण गर्न सफल हरि बुढामगरलाई सम्मान गरेको छ ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रिय कार्यालमा एक कार्यक्रमको आयोजना गरी सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान राख्न सफल उहाँलाई पुष्पगुच्छासहित सम्मान गर्नु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उहाँको सगरमाथाको सफल आरोहण अपांगता भएका व्यक्तिहरुको मात्रै नभएर सबै नेपालीहरु र विश्वकै लागि पनि प्रेरणादायी रहेको बताउनु भयो । मान्छे साहस, संकल्प ग¥यो भने जस्तोसुकै कठिन काम पनि गर्न सक्छ भन्ने उदाहरण उहाँले विश्वमानै पेश गर्नु भएकोले पार्टीले उहाँलाई सम्मान गरेको पनि स्पष्ट पार्नु भयो । अध्यक्ष ओलीले उहाँको सो सफलता नेपाल र नेपालीको मात्रै सफलता नभएर विश्वकै सफलता भएको पनि उल्लेख गर्नु भयो । उहाँको सो असाधारण काममा सघाउ पु¥याउने र प्रेरणा दिनेहरुप्रति पनि ओलीले आभार व्यक्त गर्नु भयो ।

उहाँले भन्नु भयो, वास्तवमा हरि बुढामगरजीको सगरमाथाको सफल आरोहण हामी सबैका लागि प्रेरणादायी छ । मानिसले साहस गयो भने, मानिसले संकल्प गयो भने असम्भव देखिएका चिजहरु पनि सम्भव हुन्छ । अपांगता, साधारणतया यस्तो शारिरीक अपांगता भनेको हिँडनै नसक्ने, वरपर चल्नै नसक्ने भन्ने बुझिन्छ । तर उहाँ सगरमाथा चढेर आउनु भयो । भिरैभिर, चट्टाने भिर, हिउको भिर बाटो छैन । सगरमाथा जानेहरु भन्छन । कहिलेकहिले त्यहाँ यस्तरी लेक लाग्छ कि अनौठो हुन्छ । नआएको आवाज सुनिन्छ । कोही त्यहाँ गीत गाउने हुँदैन । तर गीत गाएको सुनिन्छ कहिलेकहिले । कहिलेकहिले त्यहाँ बस्ती हुँदैन । तर देखिन्छ आफूले । अनि, गाईडलाई सोध्यो भने गाईड हाँस्छ । किनभने त्यहाँ त्यस्तो केही पनि छैन । सामान्य अवस्थामा पनि त्यस प्रकारका कुराहरु हुन्छन् । नभएको आवाज सुनिने । नभएको दृष्य देखिनेजस्ता कुराहरु हुन्छन भने उहाँ यस्तो स्थितिमा पनि सगरमाथा चढेर आउनु भएको छ । संसारको सबभन्दा अग्लो शिखर सगरमाथा चढेर आउनु भएको छ । म उहाँलाई सगरमाथाको शिखरमाथि शारिरीक अपांगता, त्यही पनि घुडामाथिबाटै खुट्टा विच्छेद भएको मानिसहरुको उचाई उहाँले थप्नु भएको छ ।

यो सबैका लागि प्रेरणाको स्रोत बन्नु भएको छ । यसका निम्ति म उहाँलाई हार्दिक बधाई भन्न चाहन्छु । यो सफलता हामी सबैको सफलता हो । नेपालीहरुकै सफलता हो । र, यो विश्वकै एउटा साहसको सफलता हो । संकल्पको सफलता हो । केही गर्छु भन्ने अठोटको सफलता हो । बधाई भन्न चाहन्छु । यो असाधारण काम हो । असाधारण व्यक्तिबाट भएकै हुनाले हामीले उहाँलाई यो सम्मानको कार्यक्रम आयोजना गरेको हौं । यस सम्मान कार्यक्रमको सन्दर्भमा म उहाँलाई यसमा हौसला दिने, प्रेरणा दिने, साहस दिने, यो गर्न सकिन्छ भनेर उत्साहित गर्ने, उहाँलाई पर्वतारोहणमा प्रशिक्षण, तालिम जस्ता कुराहरु उपलब्ध गराउने र उहाँलाई साथ दिने यी सबै महानुभावहरुलाई म धन्यवाद भन्न चाहन्छु । सबैको वास्तवमा यसमा योगदान छ । जसबाट उहाँले सफलता प्राप्त गर्नु भएको छ । यी सबैलाई पनि म धन्यवाद भन्न चाहन्छु ।

कार्यक्रममा बोल्दै कीर्तिमानी सगरमाथा आरोही बुढामगरले अपांगता भएका व्यक्तिहरुमा जागरण ल्याउने उद्देश्यले आफूले सगरमाथा आरोण गरेको बताउनु भयो । त्यस अवसरमा उहाँले अपांगता भएका व्यक्तिहरुलाई दया र माया भन्दा पनि साथ र अवसर दिन आग्रह गर्नु भयो । बुढामगरले आफ्नो सगरमाथा आरोहणले नेपाल र नेपालीको शिर सगरमाथा भन्दा उचो राख्न सहयोग पुगेको होला भन्ने आशा आफूले राखेको पनि बताउनु भयो । उहाँले भन्नु भयो, मैले यो थ्रू एउटा कुरा मात्रै भन्न चाहन्छु जति पनि तपाईहरुको परिवारमा, कम्युनिटिजमा र तपाईहरुको छरछिमेकमा जे जति अपांगता भएका व्यक्तिहरु हुनुहुन्छ । उहाँहरुलाई सर्पोट र अपरच्यूनिटी दिनुहोला । म त्यो भन्न चाहन्छु । हामीलाई दया र माया भन्दा पनि अपरच्यूनिटी दिन आग्रह गर्न चाहन्छु । मेरो यो कामले नेपाल र नेपालीको शीर सगरमाथा भन्दा उचो राख्न सहयोग गयो होला भन्ने आशा राखेको छु ।

ब्रिटिस गोर्खा सेनामा कार्यरहँदा रहँदा बुढामगरले दुवै खुट्टा गुमाउनु भएको थियो ।