६ श्रावण २०८३, बुधबार
,
Latest
बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदी सरकारले क्रिस्टियानो रोनाल्डोलाई २२ क्यारेट सुनको बाइक उपहार दिएको हो ?



अ+ अ-

एजेन्सी । पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको क्रेज विश्वभर रहेको छ । हालै भाइरल भइरहेको एक भिडियोमा रोनाल्डोलाई साउदी अरब सरकारले गोल्ड प्लेटेड मोटरसाइकल उपहार दिएको चर्चा चल्यो ।

यो मोटरसाइकल २२ क्यारेट सुनबाट बनेको दाबी गरिएको छ तर खेलाडी वा साउदी सरकारले भने यसको पुष्टि गरेको छैन । जानकारीका लागि क्रिस्टियानो रोनाल्डो अहिले साउदी अरेबियाको रियादको अल–नासर क्लबबाट साउदी प्रो लिग खेलिरहेका छन् ।

एक भिडियो ट्विटरमा शेयर गरिएको छ, जुन अहिले विभिन्न सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोमा सुनको चम्किलो मोटरसाइकल देखिन्छ, जसका धेरै भाग २२ क्यारेट सुनले बनेको दाबी गरिएको छ ।

यो सुन्दर मोटरसाइकलको चमक देखेर जो कोहीको आँखा चकित पर्न सक्छ । भिडियो शेयर गर्दै क्याप्सनमा लेखिएको छ, ‘फुटबलर रोनाल्डोलाई साउदी अरब सरकारले उपहार दिएको मोटरसाइकल ।’

यद्यपि, द क्वीन्टका अनुसार भने यो बाइक साउदी अरबका फैसल अबु सारा नामका व्यक्तिको रहेको बताइएको छ ।