• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर ★   ‘प्रेस स्वतन्त्रताबिना उन्नत लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन’ ★   ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन’ ★   राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना ★   हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो ★   आज विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै ★   सञ्चार मन्त्रालयको विज्ञप्तिपछि चल्न थाल्यो इन्टरनेट ★   चेल्सीले टोटेनहमलाई हरायो ★   वैशाख २८ गतेका लागि बजेट अधिवेशन आह्वान ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने, एमाले अनिर्णित, कांग्रेसले प्रदेशसभा नै अवरुद्ध पार्ने

भारत तस्करी गर्न लागिएको मदिरासहित मोटरसाइकल बरामद



जलेश्वर । महोत्तरी प्रहरीले गएराति नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको ठूलो परिमाणको मदिरा र भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको छ ।

जिल्लाको पश्चिमी सीमावर्ती मनरासिस्वा नगरपालिका–९ स्थित दशगजा क्षेत्रबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा प्रहरीले २२ कार्टुन मदिरा र एक थान मोटरसाइकल बरामद गरेको प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताउनुभयो ।

भारतको विहार राज्यमा मदिरा प्रतिबन्धित रहेको अवस्थामा गएराति बीआर ३२ बी ८९२७ नम्बरको मोटरसाइकलमा मदिरा नेपालबाट भारततर्फ लैजाँदै गर्दा दशगजा क्षेत्रमा गस्तीका लागि गएको प्रहरी टोलीलाई देखेर तस्कर मोटरसाइकल र मदिरा छाडेर भागेका थिए ।

प्रहरीले सीमा क्षेत्रबाट बरामद गरेको मदिरा र मोटरसाइकल आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी गरिरहेको जनाइएको छ । रासस