१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण टोली ठूलो हुँदैन– सञ्चारमन्त्री शर्मा

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण टोली ठूलो हुँदैन– सञ्चारमन्त्री शर्मा
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण अन्तिम चरणमा पुगिसकेको बताएकी छन् ।

आइतबारको मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै मन्त्री शर्माले प्रधानमन्त्रीको भारत भ्रमण टोली छरितो र सानै आकारको हुने बताएकी हुन् ।

उनले भोलिको क्याबिनेटले एजेण्डाको अन्तिम टुंगो लगाउने बताइन् । ‘भ्रमणका एजेन्डाहरू मन्त्रालयले तयार पारिरहेका छन्। अन्तिम-अन्तिम चरणमा पुगेको छ। खासगरी ऊर्जासँग सम्बन्धित विषय छ । कैयन् कुराहरू समेट्ने तयारी छ। सीमासँग सम्बन्धित विषयहरू पनि छन्। सरसफाइसँग सम्बन्धित विषय छन्। विषयबारे निर्णयचाहिँ भइसकेको छैन।’

सञ्चारमन्त्री शर्माले सम्बन्धित विषयका सम्बन्धित प्रतिनिधि जाने जानकारी दिदै भनिन्, ‘जुनजुन क्षेत्र, सम्बन्धित विषयमा कुराकानी हुन्छ त्यो क्षेत्रमा मन्त्री गए पुग्ने ठाउँमा मन्त्री, सचिव जानुपर्ने ठाउँमा सचिव जाने कुरा भएको छ। प्रतिनिधि मण्डललाई ठूलो नबनाउने सरसल्लाह भएको छ’।

परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ देखि २० गतेसम्म औपचारिक भ्रमण गर्ने जानकारी दिएको थियो।