१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

कर्मकाण्डी तरिकाले गणतन्त्र दिवस मनाउनु हुँदैन: मन्त्री शर्मा

कर्मकाण्डी तरिकाले गणतन्त्र दिवस मनाउनु हुँदैन: मन्त्री शर्मा
अ अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा भएका प्रावधानहरुलाई समयमा नै नागरिक समक्ष पुर्‍याउन नसकिएको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानमा व्यवस्था गरेका कुराहरु लक्षित समुदायले थाहा पाउनै नसक्दा विभिन्न समस्या सिर्जना भइरहेको उल्लेख गर्नुभयो ।

उहाँले कानूनले १८ वर्ष भन्दा कम उमेर समूहका महिलामाथि शारीरिक सम्बन्ध राख्नुलाई बलात्कार हुनेकुरा उल्लेख गरेपनि कानूनको बारेमा लक्षित समुदायसम्म बुझाउन नसक्दा कतिपय मानिसहरु बलात्कारको मुद्दामा परिरहेको बताउनु भयो । उहाँले कानून लक्षित समुदायमा समयमा नै पुर्‍याउन नसकेका कारण १८ वर्षमुनिको महिलामाथि शारीरिक सम्बन्ध राखि बलात्कारको मुद्दामा पर्नेहरुको संख्या बढी रहेको बताउनु भयो । उहाँले पैतृक सम्पतीको समानताको बारेमा पनि लक्षित समुदायमा सूचना पुर्‍याउन नसकिएको बताउनु भयो । मन्त्री शर्माले गणतन्त्र दिवस कर्मकाण्डी तरिकाले मनाउन नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले पनि कस्तो अवस्था छ भने हामीले संविधानमा व्यवस्था गरेका कुराहरु लक्षित समुदायले थाहा पाउनै सकेका छैनन् । बुझ्नै सकेका छैनन् । त्यहाँसम्म हामीले पुर्‍याउनै सकेका छैनौँ । संविधानमा, कानूनमा व्यवस्था गरेका छौँ, व्यवहारमा लागू भइरहेको छैन । किनभन्दा कतिपय कुरा थाहा छैन, कतिपय कुरामा हाम्रो समाज यस्तो छ की सोसाइटीले एडेप्ट गर्न सकिरहेको छैन । हाम्रो कानूनले, हामीले गरेको व्यवस्थाले १८ वर्ष मुनिका महिलाहरुसँग राखिने शारीरिक सम्बन्ध बलात्कार हो भनेर कानूनले चिन्छ । तर भटाभट युवाहरु बलात्कारको मुद्दामा परिरहेका छन् ।

जान्दा जान्दै त्यो गल्ती गर्ने कति होलान् ? अन्जानमा गल्ती गर्ने कति होलान् ? ठूलो संख्या नजानेरै गल्ती गर्नेमा छन् जस्तो लाग्छ । यस्ता कुरा हामीले जनतामाझ लैजान सकेका छैनौँ , पैतृक सम्पतीको समानताको कुरा गरेका छौँ, कयौँ ठाउँमा त्यो कुरा थाहा नै छैन । कतिपय कुरा थाहा भएपनि हाम्रो उस्तो जबज्स्त पितृसत्तात्मक समाज छ की माईती वा सम्पती रोज भन्ने स्थितिमा पुर्‍याइएको छ । उनीहरुलाई कसरी सजग बनाउने भन्नेजस्ता कार्यक्रम चलाउन जरुरी छ । हामीले कर्मकाण्डी तरिकाले गणतन्त्र दिवस मनाएर हुन्छ ? गणतन्त्र दिवस मनाउनु र राजाको जन्मोत्सव दिवस मनाउनु एकै हो ? होइन । गणतन्त्रपछिको उपलब्धिहरुको समीक्षा र प्रचारप्रसार गर्न आवश्यक छ ।’

मन्त्री शर्माले गणतन्त्रका उपलब्धिहरु उल्ट्याउने प्रयास भइरहेको भन्दै उपलब्धीको समीक्षा गरेर अघि बढ्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले राजनीतिक दलहरुले आफूले गरेका गल्तीको समीक्षा गरी सच्याएर जान जरुरी रहेको बताउनु भयो । उहाँले सञ्चारमाध्यमहरुमा आफ्ना समाचार सामग्री उत्कृष्ट बनाउने कुरामा प्रतिष्पर्धा हुनुपर्ने बताउनु भयो ।