१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकाका लागि सम्पदा यात्रा बस सेवा सञ्चालनमा



अ+ अ-

काठमाडौँ । मंगलवारबाट सम्पदा यात्रा बस सेवा सञ्चालनमा आएको छ । काठमाडौं उपत्यकाका सम्पदाहरूको दृश्यावलोकन गराउने उद्देश्यसहित मंगलवारबाट सम्पदा यात्रा बस सेवा ‘हप अन हप अफ बस’ सञ्चालनमा आएको हो ।

ललितपुरको पुलचोकमा एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सम्पदा यात्रा बस सेवाको शुभारम्भ गर्नुभयो । बस सेवा शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँतीले भाडा निर्धारण गर्ने काम सम्पन्न नभएका कारण एक हप्ताका लागि सेवा निःशुल्क रुपमा सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँले सानो काम भएपनि सरकारले ठूलो मेहनत गर्नुपरेको बताउनु भयो ।

मन्त्री किराँतीले सम्पदा यात्रा बस सेवा सञ्चालन गर्ने लोमा समय देखि भनिएपनि भाडा समायोजनको काम अझै नसकिएको बताउनु भयो । उहाँले सम्पदा यात्रा बस सेवा सञ्चालन गर्नु पर्ने आवश्यकता र चेतना अगाडि गए पनि ऐन र कानून धेरै पछि रहेको बताउनु भयो। उहाँले बस भाडा समायोजन प्रदेश सरकारले गर्ने प्रावधान भएपनि सम्पदा यात्रा बस सेवा सञ्चालनको लागि भाडा निर्धारण गर्न प्रदेशसँग ऐन कानून नभएका कारण अफ्ठ्यारो परेको बताउनु भयो ।

मन्त्री किराँतीले आजबाट शुभारम्भ भएको सेवा नरोकि अझै बस थपेर जाने कुरामा सबैको प्रतिवद्धता रहेको पनि बताउनु भयो । उहाँले उपत्यकाको पर्यटन प्रवद्र्धनको लागि एउटा सानो प्रयास मात्रै भएको भन्दै यसको परीक्षण पश्चात सेवा बिस्तार गरिनेसमेत जानकारी दिनुभयो । उहाँले सम्पदा बसमा पर्यटन मन्त्री किराँतीले पुल्चोकदेखि नारायणहिटी दरबार संग्रहालयसम्म यात्रा समेत गर्नुभयो ।

ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले प्रदुषणमुक्त शहर बनाउने प्रयास अन्तर्गत महानगरपालिकाले अब उपरान्त कुनै पनि गाडी खरिद् गर्दा विद्युतीय मात्रै हुने घोषणा गरेको जानकारी दिनुभयो। उहाँले गाडी खरिद गर्दा विद्युतीय मात्रै हुने महानगरको घोषणा बमोजिम आफूले चढ्ने गाडी पनि विद्युतीय नै भएको बताउनु भयो । उहाँले ललितपुर महानगरको भित्रि शहरमा विद्युतीय सतल बस चलाउनेका लागि साझा यातायातलाई लागि ९ करोड रुपैयाँ दिइससेको बताउदै चाँडो भन्दा चाँडो कार्यान्वयनमा आउने विश्वास समेत व्यक्त गर्नुभयो ।

सम्पदा घुम्ती बसको यातायात रुटमा दैनिक २ वटा विद्युतीय बसहरु सञ्चालन हुने भएको छ । त्यस्तै, बस सेवा तत्काका लागि बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म चल्नेछ । परीक्षणका रुपमा सञ्चालनमा ल्याइएको बस सेवामार्फत पाटन दरबार स्क्वायर, काठमाडौँ दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म प्रारम्भिक चरणमा घुम्ती सेवा सञ्चालन हुनेछ ।