१८ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै प्रेमी र काका ससुराबाट बलात्कृत भएकी बिनु यादव न्याय पाउने आशमा



फाईल फोटो
अ+ अ-

काठमाडौं । आफ्नै प्रेमी र काका ससुराबाट बलात्कार भएकी बिनु यादव माईतिघर मण्डलामा अनशनरत छिन् । उनी अनशन बसेको आज १४ दिन पुगेको छ ।

बैशाख २७ गतेदेखि सुरू भएको उनको अनशन मंगलबार १४ औं दिन पुगेको हो । उनले सर्वोच्च अदालत अगाडि बसेर अनशन सुरू गरेकी थिइन ।

सर्वोच्च अदालतको गेट, बसन्तपुर हुँदै माईतीघरमा अनसन बस्न पुगेकी यादवले आफूमाथि भएको बलात्कारको घटना सामसुम पार्न प्रहरी प्रशासनदेखि न्यायलयसम्म लागिपरेको आरोप लगाएकी छन् । उनी न्याय नपाएसम्म आन्दोलन नरोक्ने बताएकी छन् ।

न्यायको लागि आन्दोलित यादवले ६ बुँदे माग राखेकी छन् । उनले तत्कालीन डिएसपी सुरज कार्की लगायतलाई कारबाही गर्न माग गरेकी छन् । डिएसपी कार्की लगायतले २०७५ सालमा आफूले कालिमाटी प्रहरीमा दिएको जबरजस्ती करणीको उजुरी जबरजस्ती फिर्ता गर्न लगाएको भन्दै उनले कारबाहीको माग गरेकी छिन् ।

प्रेमीको दवावमा गर्भपतन गराएर २०७५ चैत २० मा शल्यक्रिया गराएकी यादव २४ चैतमा प्रेमीबाटै बलात्कृत भएको बताउँदै आएकी छन् । यतिमात्र नभएर बलात्कारको हदम्याद कटाउन विवाहको षड्यन्त्र गरेको उनको भनाई छ । उनलाई प्रहरीले मिलापत्रको कागज समेत पढ्न नदिइ हस्ताक्षर गराइएको उनको आरोप छ ।

विवाहपछि रामेछाप मन्थलीस्थित घरमै बन्धक बनाइएर यादवमाथि ७ बैशाख २०७९ मा उनकै काका ससुरा (पवन कठायत)ले बलात्कार प्रयास गरेको उनको आरोप छ । रामेछाप प्रहरीमा उजुरी गर्दा उजुरी नलिईएको उनी बताउछिन् ।

रामेछाप प्रहरीले उजुरी नलिएपछि प्रहरी मुख्यालय नक्साल पुगेर गुनासो गरेको तीन महिनापछि १५ असार २०७९ मा यादवको उजुरी दर्ता भएको थियो । उजुरी दर्ता भएपनि मुद्दाको सुनुवाई प्रभावकारी हुन नसकेपछि उनी आमरण अनशन बसेकी हुन् ।