१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

आफ्नै प्रेमी र काका ससुराबाट बलात्कृत भएकी बिनु यादव न्याय पाउने आशमा

आफ्नै प्रेमी र काका ससुराबाट बलात्कृत भएकी बिनु यादव न्याय पाउने आशमा
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । आफ्नै प्रेमी र काका ससुराबाट बलात्कार भएकी बिनु यादव माईतिघर मण्डलामा अनशनरत छिन् । उनी अनशन बसेको आज १४ दिन पुगेको छ ।

बैशाख २७ गतेदेखि सुरू भएको उनको अनशन मंगलबार १४ औं दिन पुगेको हो । उनले सर्वोच्च अदालत अगाडि बसेर अनशन सुरू गरेकी थिइन ।

सर्वोच्च अदालतको गेट, बसन्तपुर हुँदै माईतीघरमा अनसन बस्न पुगेकी यादवले आफूमाथि भएको बलात्कारको घटना सामसुम पार्न प्रहरी प्रशासनदेखि न्यायलयसम्म लागिपरेको आरोप लगाएकी छन् । उनी न्याय नपाएसम्म आन्दोलन नरोक्ने बताएकी छन् ।

न्यायको लागि आन्दोलित यादवले ६ बुँदे माग राखेकी छन् । उनले तत्कालीन डिएसपी सुरज कार्की लगायतलाई कारबाही गर्न माग गरेकी छन् । डिएसपी कार्की लगायतले २०७५ सालमा आफूले कालिमाटी प्रहरीमा दिएको जबरजस्ती करणीको उजुरी जबरजस्ती फिर्ता गर्न लगाएको भन्दै उनले कारबाहीको माग गरेकी छिन् ।

प्रेमीको दवावमा गर्भपतन गराएर २०७५ चैत २० मा शल्यक्रिया गराएकी यादव २४ चैतमा प्रेमीबाटै बलात्कृत भएको बताउँदै आएकी छन् । यतिमात्र नभएर बलात्कारको हदम्याद कटाउन विवाहको षड्यन्त्र गरेको उनको भनाई छ । उनलाई प्रहरीले मिलापत्रको कागज समेत पढ्न नदिइ हस्ताक्षर गराइएको उनको आरोप छ ।

विवाहपछि रामेछाप मन्थलीस्थित घरमै बन्धक बनाइएर यादवमाथि ७ बैशाख २०७९ मा उनकै काका ससुरा (पवन कठायत)ले बलात्कार प्रयास गरेको उनको आरोप छ । रामेछाप प्रहरीमा उजुरी गर्दा उजुरी नलिईएको उनी बताउछिन् ।

रामेछाप प्रहरीले उजुरी नलिएपछि प्रहरी मुख्यालय नक्साल पुगेर गुनासो गरेको तीन महिनापछि १५ असार २०७९ मा यादवको उजुरी दर्ता भएको थियो । उजुरी दर्ता भएपनि मुद्दाको सुनुवाई प्रभावकारी हुन नसकेपछि उनी आमरण अनशन बसेकी हुन् ।