६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको नीति तथा कार्यक्रमलाई कुनै पनि हालतमा समर्थन गर्न सकिदैन: ओली



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसदमा प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रमलाई समर्थन गर्न नसकिने बताउनु भएको छ ।

अध्यक्ष ओलीले सो नीति तथा कार्यक्रमले देशलाई अगाडि बढाउन नसक्ने भन्दै तत्काल फिर्ता लिएर उपयुक्त नीति तथा कार्यक्रम फेरी ल्याउन पनि सरकारसँग माग गर्नु भयो । आईतबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले देशको प्रतिष्ठान बढाउन, देश र जनताका समस्या समाधान गर्न, अर्थतन्त्रलाई आरालो लाग्नबाट जोगाएर उभोतिर लाने कुनै कुरामा पनि यो सक्षम नभएकाले अन्य दलहरुले पनि यसलाई स्विकार गर्न नहुने बताउनु भयो ।

अध्यक्ष ओलीले सत्तारुढ नेपाली काँग्रेसले पनि देशको अवस्थालाई हेरेर सो नीति तथा कार्यक्रमलाई समर्थन गर्न नहुने जिकीर गर्नु भयो । उहाँले भन्नु भयो, ‘एक वर्षको समय फेरी खेर जाने भयो । २ वर्षमा यो गर्ने भनिएको छ । तर एक वर्षको नीति तथा कार्यक्रम छ । २ वर्षमा यसो गर्छौ भनिएको छ । एक वर्षको पेश गर्नुस्न । २ वर्षमा केही गर्छांै भने यस वर्ष के गर्नु हुन्छ त ? विना टार्गेट, कहाँ सूरु, कहाँ अन्त्य ? कहाँ जान हिँड्या ? केही ठेगान छैन । हामो गन्तव्य समृद्ध नेपाल: सुखी नेपाली हो ।

मेरो जीवनको एकमात्र लक्ष्य नेपाललाई समृद्ध बनाउने र नेपालीलाई सुखी बनाउने हो । यस अभियानमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुको साथ, समर्थन र सहयोग हुने विश्वास पनि मैले लिएको छु । सभामुख महोदय, मैले यति समय लिएर प्रस्तुत नीति तथा कार्यक्रमको सम्बन्धमा भने । यसको अर्थ हो–यो नीति, कार्यक्रम कुनै पनि हालतमा देशलाई अगाडि बढाउन, देशको प्रतिष्ठान बढाउन, देश र जनताका समस्या समाधान गर्न, अर्थतन्त्रलाई आरालो लाग्नबाट जोगाएर उभोतिर लाने कुनै कुरामा पनि यो सक्षम छैन । जनताका समस्या समाधान यसले गर्न सक्दैन । त्यसकारण यस नीति, कार्यक्रमलाई समर्थन गर्न सकिदैन । र, हामी समर्थन गर्दैनौं । म आग्रह गर्न चाहन्छु–मैले यति समय लिएर ब्याख्या गर्नुको अर्थ के हो भने म अरु पार्टीहरुलाई पनि देशप्रति जिम्मेवार भएर सोच्न आग्रह गर्न चाहन्छु ।

यस नीति, कार्यक्रमले एक वर्षको समय कमसेकम बर्बाद भयो देशको । यो नीति, कार्यक्रमले केही पनि गर्नेवाला छैन, हुनेवाला छैन । त्यसकारण यसलाई समर्थन नगर्न म अरु दलका माननीयज्यूहरु, स्वतन्त्र माननीयज्यूहरु सबैलाई पनि आग्रह गर्न चाहन्छु । यसलाई पारित गर्नु हुँदैन । यो पारित गर्न योग्य छैन । जसले देशलाई बाटो देखाउँदैन, देशलाई समस्याबाट उम्काउँदैन । जसले देशलाई अगाडि बढाउन कुनै सोच नै राखेको छैन । त्यस्ता नीति, कार्यक्रमको नाउका पोथाहरुमाथि हामी छलफल गरिरहेका छौं । त्यही बोकेर जानुपर्ने अवस्था नआओस् । म जिम्मेवार प्रधानमन्त्रीज्यू आफैंलाई भन्न चाहन्छु–त्यसकारण यसलाई फिर्ता लिइयोस्, अर्को बनाइयोस् ।

यसवापत कुनै पोलिटिकल एजेण्डा नबनाउला बरु । उपयुक्त नीति, कार्यक्रम बनाउनुस् । तर यही कार्यक्रम पारित गर्ने हो भने नेपाली काँग्रेस यस्तै कार्यक्रमबाट अगाडि जान्छ ? यही हो, नेपाली काँग्रेसले देशप्रति गर्ने प्रतिवद्धता । ५/७ वटा मन्त्री भए पुग्यो नेपाली काँग्रेसलाई ? देशप्रतिको उत्तरदायित्व छैन ? त्यसकारण कसैले पनि यसलाई, यसको पक्षमा टेवल ठटाउन कसरी सकिन्छ ? कसरी समर्थन गर्न सकिन्छ यसलाई ? तसर्थ, म सबैलाई आग्रह गर्न चाहन्छु–यसलाई कुनै पनि हालतमा समर्थन गर्नु हुँदैन । समर्थन नगरौं । पहिलो कुरा, सम्माननीय प्रधानमन्त्रीजीले फिर्ता लिनुस् । फिर्ता लिनुहुन्न भने यसलाई छक्का हानेर पठाई दिनु पर्छ ।’

अध्यक्ष ओलीले सरकारले ल्याएको सो नीति तथा कार्यक्रमलाई आफ्नो पार्टीले संसदबाट पारित गराउन नसक्ने बताउनु भयो । उहाँले आफ्नो ध्यान ‘समृद्ध नेपाल र सु:खी नेपाली’ बनाउने रहेको पनि दोहोर्‍याउनु भयो ।