६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

संंसदमा ओलीले सम्बोधन गर्ने



अ+ अ-
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्नु हुनेभएको छ । ओलीले यसअघि नै नक्कली भुटानी शरणार्थीबारे जेठ ४ गते नै संसदमा आफ्ना भनाइ राख्ने घोषणा गर्नुभएको थियो । तर सो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल र सांसदबीच प्रश्नोत्तर भएपछि ओलीको सम्बोधन स्थगित भएको थियो ।
ओलीले आज संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आफ्ना विचार राख्नुहुनेछ भने समसामयिक विषयमा पनि भनाइ राख्नुहुने कार्यक्रम छ । ओलीले नीति तथा कार्यक्रम पास गर्न नहुने यसअघि नै घोषणा गरिसक्नुभएको छ ।
यसअघि शनिवार संघीय संसद भवन नयाँबानेश्वरमा आयोजित पार्टीको संसदीय दल बैठकमा बोल्दै उहाँले सरकारले देशलाई निर्देश गर्ने खालको नीति तथा कार्यक्रम नल्याएकाले त्यसलाई स्वीकार गर्न, समर्थन गर्न नसकिने अडान राख्नुभएको थियो । सरकारले देशलाई निर्देश गर्न नसक्ने खालको नीति तथा कार्यक्रम ल्याउनु दुःखद् भएको भन्दै ओलीले त्यसलाई संसदबाट पारित गर्न हुन नहुने पार्टीको अडान रहेको पनि स्पष्ट पार्नुभएको थियो ।
‘यो एउटा बेकारको पुलिन्दा हो । जसले यस देशलाई निर्देशित गर्न सक्दैन । नीतिगत हिसावले निर्देशित गर्न सक्दैन । कार्यक्रमिक हिसावले निर्देशित गर्न सक्दैन । यसले कुनै डेष्टिनेशननै तोकेन । कुनै बाटो नै देखाएन । जसले गर्दा त्यहाँ पुगिने भन्ने कुरै रहेन । कहाँ पुग्ने भन्ने कुरै छैन यसमा । यस वर्ष कहाँ पुग्ने रु यस वर्षको नीति, कार्यक्रमले यस वर्ष यहाँ पुग्छु भन्नु पर्‍यो नि । यस वर्ष यति गर्छौ भन्नुपर्‍यो नि । त्यसकारण योत के हो भने डेमोक्रेसी के हो भनेर क्याम्पसमा विद्यार्थीलाई पढाएजस्तो भयो । यस्तो खालको भयो ।’, उहाँले भन्नुभएको थियो ।