३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

नागरिकतासम्बन्धी विधेयक एक महिनाभित्र टुंगो लाग्छ: प्रधानमन्त्री दाहाल

नागरिकतासम्बन्धी विधेयक एक महिनाभित्र टुंगो लाग्छ: प्रधानमन्त्री दाहाल
file
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकतासम्बन्धी विधेयक एक महिनाभित्रै टुंगो लाग्ने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा सदस्य दीपक कार्कीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले एक महिनाभित्रै नागरिकतासम्बन्धी विधेयकको टुंगो लाग्ने बताउनुभएको हो ।

उहाँले अघिल्लो प्रतिनिधि सभाकै पालामा पारित भएर राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक प्रमाणिकरण नभएर होल्ड भएर बसेको र खारेज समेत नभएको अवस्था रहेको भन्दै उहाँले सोही विधेयकलाई राष्ट्रपतिमार्फत प्रमाणिकरण गराउने विषयमा पनि छलफल भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘दुईवटै सम्भावना म देख्छु । त्यहाँ उपस्थित भएको सुझावको आधारको एउटा बाटो । अर्को बाटो फेरि यही सदनबाट नै, अहिलेको यो नयाँ सदनबाट त्यसको विषयमा एउटा या त संकल्प प्रश्तावमार्फत । या अरु कुनै प्रस्तावमार्फत् राष्ट्रपतिलाई त्यो विधेयकको बारेमा प्रमाणिकरण गर्न अनुरोध गर्ने बाटो एउटा हुनसक्छ । या अर्को क्याबिनेटबाट डिसिजन गरेर राष्ट्रपतिसँग अनुरोध गर्ने पनि एउटा बाटो हुनसक्छ । तर अब त्यो विधेयकलाई खारेज गरेर फेरि अर्को विधेयक ल्याउने बारेमा पनि मतहरु छन् । फेरि सदनमा अर्को विधेयक ल्याएर त्यो जिरोमा गयो । त्यसकारण जिरोमा गइसकेको विधेयकलाई, मृत भइसकेको विधेयकलाई जीवित मान्न सकिँदैन भन्ने मत पनि सदनभित्र पनि छ । सदन बाहिर पनि छ । यो विषयमा छलफल चलेको छ । प्रधानमन्त्रीको हैसियतले मेरो के कोशिस छ भने एक महिनाभित्रै यसको टुंगो लाग्छ ।’

उहाँले नयाँ विधेयक ल्याउनुपर्ने मत समेत रहेको भन्दै विभिन्न सम्भावनाहरुमा छलफल भइरहेको बताउनु भयो ।