३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

भ्रष्टाचार नियन्त्रणका लागि साझा संकल्प गरौँ: सांसद पौडेल

भ्रष्टाचार नियन्त्रणका लागि साझा संकल्प गरौँ: सांसद पौडेल
अ+ अ-

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि सबै राजनीतिक दलहरुले साझा संकल्प गर्नुपर्ने बताउनुभएको छ ।

सोमवारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि सबै राजनीतिक दलहरु साझा संकल्पका साथ अगाडी बढ्नु जरुरी रहेको बताउनुभएको हो । उहाँले भ्रष्टाचारको विषय सत्तापक्ष र विपक्षको विषय नभएर आम नागरिकको साझा विषय भएकाले यसलाई नियन्त्रण गर्नु साझा दायित्व भएको बताउनु भयो । उहाँले एक अर्कालाई आरोप प्रत्यारोप नगरी छानविनलाई निस्कर्षमा पुर्‍याउन सम्बन्धित निकायलाई सबैले सहयोग पुर्‍याउनुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो – ‘नेपाली नागरिकलाई विदेशी बनाएर अर्को देशमा पठाउने गम्भिर प्रकारको घटना सार्वजनिक भएको छ । यो घटनामा कतिपय माननीयले यहाँ सरकारको बारेमा प्रश्न उठाउनु भएको छ । मैले त सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छु, राम्रो काम गरेको बेलामा इमान्दारितापूर्वक समर्थन गर्न डराउनु हुँदैन । भ्रष्टाचारको विषय पक्ष र प्रतिपक्षको विषय होइन ।

नेपालको नागरिकहरुको साझा विषय हो । के नेपाल सुशासन नभएको देश हो ? के न्याय लुटिएको देश हो ? के कानून मरेको देश हो ? जिम्मेवारी समाप्त भएको देश हो ? दायित्व गुमनाम भएको देश हो ? जवाफदेहिता नभएको देश हो र ? यदी यि विषयहरुको प्रत्याभुति दिलाउने देशको रुपमा हामी परिचित हुनुछ भनेदेखि भ्रष्टाचारको यो अभियानमा हामी साझा संकल्पका साथ अगाडी बढ्नु जरुरी छ । आरोप प्रत्यारोप होइन । एउटा विषयको छानबिन चलिराखेको बेलामा, अर्को विषय उठाइदिएर, सम्पूर्ण माननीयज्युहरुसँग म विशेष अनुरोध गर्न चाहन्छु, त्यसप्रकारले विषयान्तर नगरौँ । भूटानी शरणार्थीको विषय गम्भिरतापूर्वक उठेको छ । सत्यतथ्यलाई निस्कर्षमा पुर्‍याउनको निम्ति सरकारलाई सम्बन्धित निकायहरुलाई सहयोग पुर्‍याउनुपर्ने यतिबेलाको हामी सबैको साझा कर्तव्य र दायित्व हो ।’

उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजस्व अनुसन्धान विभाग, सम्पती शुद्धीकरण विभागजस्ता राज्यका निकायहरु सुस्ताएर बस्नु नहुने पनि बताउनु भयो ।