२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाउन्ड्रीको डोरीमा ब्याटले हानेपछि बटलरलाई लाग्यो जरिवाना



अ+ अ-

एजेन्सी । राजस्थान रोयल्स (आरआर)का ब्याट्सम्यान जोस बटलरलाई खेल शुल्कको १० प्रतिशत जरिवाना गरिएको छ । बटलरले आईपीएल आचार संहिताको धारा २(२) अन्तर्गत लेभल १ नियम उल्लङ्घन गरेकाले जरिवाना लगाइएको हो ।

इन्डियन प्रिमियर लिग (आईपीएल)को ५६ औं खेलमा आरआरले कोलकाता नाइट राइडर्स (केकेआर)लाई ९ विकेटले पराजित गरेको थियो । इडेन गार्डेन स्टेडियममा टस हारेर पहिले ब्याटिङ रोजेको केकेआरले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो । जवाफमा आरआरले १३.१ ओभरमा लक्ष्य पूरा गर्‍यो ।

१५० रनको लक्ष्य पछ्याएको राजस्थानका यशस्वी जैसवालले पहिलो ओभरमै २६ रन बनाएका थिए । उनले १३ बलमा अर्धशतक पूरा गर्दै ९८ रनको नटआउट इनिङ खेलेर ४१ बल बाँकी रहँदै टोलीलाई जित दिलाएका थिए ।

खेलमा केकेआरले दिएको लक्ष्य पछ्याउन आरआरको टोली मैदानमा उत्रिएपछि यशस्वी जैसवालको गलत कलका कारण बटलर अलमलमा परे र आन्द्रे रसेलको सिधा थ्रोमा रनआउट भए ।

आउट भएपछि बटलर मैदानबाट बाहिर निस्कँदै गर्दा उनले आक्रोशित हुँदै आफ्नो ब्याटले बाउन्ड्रीको डोरीमा प्रहार गरेका थिए । जसका कारण उनलाई आईपीएलले जरिवाना गरेको हो ।

बटलरलाई आईपीएलको गभर्निङ काउन्सिलले नियम उल्लंघन गरेको आरोपमा दोषी ठहर गरेको छ । एक आधिकारिक विज्ञप्तिमा भनिएको छ कि जोस बटलरले आईपीएल आचार संहिताको धारा २(२) अन्तर्गत नियम उल्लङ्घन गरेका छन् । यस नियममा उपकरण वा कपडा, मैदान उपकरणको दुरुपयोग हुँदा खेलाडी दोषी पाइन्छ । बटलरले यो सिजन १२ खेलमा ३९२ रन बनाएका छन् ।