२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५० वर्ष आयु भएका पाकिस्तानी समुदायको रहस्य



अ+ अ-

एजेन्सी । आजको समयमा, एक व्यक्तिको सरदर आयु ६० देखि ७० वर्ष हुन्छ । तर के तपाईलाई थाहा छ कि पाकिस्तानमा एक समुदाय छ जसका मानिसहरू १२० देखि १५० वर्षसम्म बाँच्छन् । ७० वर्षसम्म पनि जवान देखिने यिनीहरुलाई हुन्जा समुदायका रूपमा चिनिन्छन् । हुन्जा समुदायका महिलाले ६५ वर्षको उमेरमा पनि बच्चा जन्माउन सक्छन् ।

१५० वर्षसम्म बाँच्ने मानिसहरूमा सबैभन्दा ठूलो कुरा यो हो कि यी मानिसहरूलाई कुनै गम्भीर रोग लाग्दैन र वृद्धावस्थाले पनि सताउँदैन । यसका साथै यस समुदायका महिलाहरू धेरै सुन्दर पनि हुन्छन्, जो सामान्य मानिसको तुलनामा लामो समयसम्म जवान रहन्छन् ।

मिडिया रिपोर्टका अनुसार सन् १९८४ मा भएको घटनापछि सबैजना छक्क परेका थिए । वास्तवमा, लन्डनको हिथ्रो एयरपोर्टमा अब्दुल मोबात नामका यात्रुको सुरक्षा जाँचका क्रममा अधिकारीहरूले उनको जन्म सन् १८३२ मा भएको पत्ता लगाए । सुरुमा उनीहरूले यो गल्ती हो भन्ने सोचेका थिए, तर पूर्ण अनुसन्धानपछि अब्दुलको उमेर साँच्चै १५२ वर्ष भएको पत्ता लाग्यो । यो घटनाले सबैलाई चकित बनाएको थियो । अब्दुल पाकिस्तानको हुन्जा समुदायका थिए ।

यो समुदाय पाकिस्तानको काराकोरम पहाडी क्षेत्रको हुन्जा उपत्यकामा बसोबास गर्दछ, जसलाई हुन्जकुटा वा हुन्जा भनिन्छ । यिनीहरूको जनसंख्या एकदमै सानो छ, तर उनीहरूलाई सबैभन्दा लामो समय बाँच्ने र विश्वको सबैभन्दा स्वस्थ र खुसी समुदायको रूपमा पनि मानिन्छ । अहिलेसम्म यस समुदायका कसैलाई पनि क्यान्सर नभएको दाबी गरिएको छ ।

यी मानिसहरू आफ्नो खानपान र जीवनशैलीका कारण स्वस्थ रहन्छन् । यही कारण उनीहरुको आयु पनि लामो छ । ओखर र आलुबखेडाको अत्यधिक सेवनले क्यान्सरको जोखिमबाट बचाउँछ ।

हुन्जा समुदायका मानिसले वर्षमा २–३ महिना खाना नखाने गरेको बताइएको छ । यस क्रममा उनीहरुले जुस मात्र पिउने गर्छन् । तिनीहरूको जीवनशैलीमा लामो पैदल यात्रा र फलफूल, काँचो तरकारी, मेवा, दूध र अण्डाको आहार समावेश छ । यही कारणले गर्दा यी मानिसहरू ७० वर्षको उमेरमा पनि जवान देखिन्छन् र १५० वर्षसम्म बाँच्छन् ।