४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर

१५० वर्ष आयु भएका पाकिस्तानी समुदायको रहस्य

१५० वर्ष आयु भएका पाकिस्तानी समुदायको रहस्य
अ+ अ-

एजेन्सी । आजको समयमा, एक व्यक्तिको सरदर आयु ६० देखि ७० वर्ष हुन्छ । तर के तपाईलाई थाहा छ कि पाकिस्तानमा एक समुदाय छ जसका मानिसहरू १२० देखि १५० वर्षसम्म बाँच्छन् । ७० वर्षसम्म पनि जवान देखिने यिनीहरुलाई हुन्जा समुदायका रूपमा चिनिन्छन् । हुन्जा समुदायका महिलाले ६५ वर्षको उमेरमा पनि बच्चा जन्माउन सक्छन् ।

१५० वर्षसम्म बाँच्ने मानिसहरूमा सबैभन्दा ठूलो कुरा यो हो कि यी मानिसहरूलाई कुनै गम्भीर रोग लाग्दैन र वृद्धावस्थाले पनि सताउँदैन । यसका साथै यस समुदायका महिलाहरू धेरै सुन्दर पनि हुन्छन्, जो सामान्य मानिसको तुलनामा लामो समयसम्म जवान रहन्छन् ।

मिडिया रिपोर्टका अनुसार सन् १९८४ मा भएको घटनापछि सबैजना छक्क परेका थिए । वास्तवमा, लन्डनको हिथ्रो एयरपोर्टमा अब्दुल मोबात नामका यात्रुको सुरक्षा जाँचका क्रममा अधिकारीहरूले उनको जन्म सन् १८३२ मा भएको पत्ता लगाए । सुरुमा उनीहरूले यो गल्ती हो भन्ने सोचेका थिए, तर पूर्ण अनुसन्धानपछि अब्दुलको उमेर साँच्चै १५२ वर्ष भएको पत्ता लाग्यो । यो घटनाले सबैलाई चकित बनाएको थियो । अब्दुल पाकिस्तानको हुन्जा समुदायका थिए ।

यो समुदाय पाकिस्तानको काराकोरम पहाडी क्षेत्रको हुन्जा उपत्यकामा बसोबास गर्दछ, जसलाई हुन्जकुटा वा हुन्जा भनिन्छ । यिनीहरूको जनसंख्या एकदमै सानो छ, तर उनीहरूलाई सबैभन्दा लामो समय बाँच्ने र विश्वको सबैभन्दा स्वस्थ र खुसी समुदायको रूपमा पनि मानिन्छ । अहिलेसम्म यस समुदायका कसैलाई पनि क्यान्सर नभएको दाबी गरिएको छ ।

यी मानिसहरू आफ्नो खानपान र जीवनशैलीका कारण स्वस्थ रहन्छन् । यही कारण उनीहरुको आयु पनि लामो छ । ओखर र आलुबखेडाको अत्यधिक सेवनले क्यान्सरको जोखिमबाट बचाउँछ ।

हुन्जा समुदायका मानिसले वर्षमा २–३ महिना खाना नखाने गरेको बताइएको छ । यस क्रममा उनीहरुले जुस मात्र पिउने गर्छन् । तिनीहरूको जीवनशैलीमा लामो पैदल यात्रा र फलफूल, काँचो तरकारी, मेवा, दूध र अण्डाको आहार समावेश छ । यही कारणले गर्दा यी मानिसहरू ७० वर्षको उमेरमा पनि जवान देखिन्छन् र १५० वर्षसम्म बाँच्छन् ।