२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रेन्च ओपन : ग्रीसका चिचिपास फाइनलमा प्रवेश



अ+ अ-

यस वर्षको फ्रेन्च ओपन टेनिसको पुरुष एकल तर्फ ग्रीसका विश्व नं. ५ का स्टिफानोस चिचिपास फाइनलमा प्रवेश गरेका छन् ।

उनले शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा जर्मनीका छैटौं वरियताका अलेक्जान्डर झेरेभलाई संघर्षपूर्ण खेलमा ६–३, ६–३ , ४–६, ४–६ तथा ६–३ अर्थात् ३–२ सेटले पराजित गरे । पहिलो २ सेट लगातार जितेका चिचिपासले खेल सहजै जित्ने अनुमान गरिए पनि तेस्रो र चौथो सेट जितेका झेरेभले कडा चुनौती दिएका थिए ।

तर फाइनल सेटमा झेरेभले अघिल्ला दुई सेटको लय समाउन सकेनन् र ६–३ ले पराजित भए ।

सन् २०२० को फ्रेन्च ओपनको सेमिफाइनलमा उनी नोभाक जोकोभिचसँग पराजित भएका थिए ।

शुक्रबार राति नै विश्व नं. १ नोभाक जोकोभिच र राफेल नाडालबीच सेमिफाइनल प्रतिस्पर्धा हुँदैछ । नाडालले लगातार सन् २०१७, २०१८, २०१९, २०२० मा फ्रेन्च ओपन जितेर इतिहास बनाएका छन् ।