२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रेन्च ओपन : क्ले कोर्टका महारथी नाडाल पराजित, जोकोभिच र सीसीपासबीच फाइनल भिडन्त



अ+ अ-

यस वर्षको फ्रेन्च ओपनको फाइनलमा नोभाक जोकोभिच र स्टिफानोस चिचिपासबीच हुने भएको छ ।

विश्व वरियतामा पहिलो नम्बरमा रहेका जोकोभिचले गएरातिको खेलमा क्ले कोर्टका विज्ञ राफेल नाडाललाई ३–१ सेटले हराएका छन् । पहिलो सेट सहजै ३–६ ले जितेका नाडालले त्यसपछिका लगातार तीन सेट ६–३, ७–६ र ६–२ ले गुमाएका थिए ।

नाडालले लगातार सन् २०१७, २०१८, २०१९, २०२० मा फ्रेन्च ओपन जितेर इतिहास बनाएका थिए । तर यस पटक पाँचौं खेल जित्ने उनको सपना पूरा हुन सकेन । नाडालले हालसम्म १३ पटक फ्रेन्च ओपन जितिसकेका छन् ।

अब पुरुष सिंगल्स तर्फको ग्रान्डस्लाम उपाधिका लागि आइतबार खेल हुनेछ ।

यसअघि शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा ग्रीसका विश्व नं. ५ का खेलाडी स्टिफानोस चिचिपास फाइनलमा प्रवेश गरेका छन् ।

उनले जर्मनीका छैटौं वरियताका अलेक्जान्डर झेरेभलाई संघर्षपूर्ण खेलमा ६–३, ६–३ , ४–६, ४–६ तथा ६–३ अर्थात् ३–२ सेटले पराजित गरे । पहिलो २ सेट लगातार जितेका चिचिपासले खेल सहजै जित्ने अनुमान गरिए पनि तेस्रो र चौथो सेट जितेका झेरेभले कडा चुनौती दिएका थिए ।

तर फाइनल सेटमा झेरेभले अघिल्ला दुई सेटको लय समाउन सकेनन् र ६–३ ले पराजित भए ।

सन् २०२० को फ्रेन्च ओपनको सेमिफाइनलमा सिसिपास नोभाक जोकोभिचसँग पराजित भएका थिए । तर यसपटक फाइनलमा यी दुई खेलाडीबीच प्रतिस्पर्धा हुँदैछ ।

महिला सिंगल्स फाइनल आज

महिला तर्फको ग्रान्डस्लाम फाइनल आज शनिबार हुँदैछ । फाइनलमा रुसकी अनास्तासिया पाभ्लुचेन्कोभा र चेकोस्लाभियाकी बारबोरा क्रेजिकोभाबीच नेपाली समयानुसार आज साँझ ६.४५ बजे हुनेछ ।
–––