२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ ।

सिंहदरबारमा तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा हाई प्रोफाइल मुछिएर केहीलाई नियन्त्रणमा लिइसकेको परिप्रेक्षमा तीन दलका शीर्ष नेताहरुबीचको छलफलमा चासोका रूपमा हेरिएको छ ।

आजै मात्रै कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ भने एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पूर्जी जारी भएपछि फरार छन् । रायमाझीलाई एमालेले निलम्बन गरिसकेको छ ।

त्यसअघि प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भन्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई पनि पक्राउ गरिसकेको छ ।

उक्त घटनामा हालसम्म एक सय छ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी भएको भनी प्रहरीमा जाहेरी दिएका छन् ।