२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज जेठ ३० गते आइतबार, कस्तो बित्नेछ तपाईको आजको दिन ? हेर्नुहोस् राशिफल



अ+ अ-

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । पारिवारिक सद्भाव बढ्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ): नयाँ कार्य योजनाबाट लाभ लिन सकिन्छ । दाम, इनाम र प्रतिष्ठाको लागि सहकार्यको योजना बन्ला । साथीभाइबाट हौसला मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): आज सामाजिक प्रतिष्ठा कमाउने बेला छ । नाम कमाउन अनुकूल प्रयास हुनेछन् । विद्या र बुद्धिको विकास हुनेछ । सङ्गीतमा रुचि बढ्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ): सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । मनपरेका परिकार खान पाइएला । शेयर बजारबाट सफलता हात पर्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ): दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । बेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिनेछ । स्मरणशक्ति कमजोर रहनाले समस्या आउन सक्छ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ): आज ठीक समयमा सही निर्णय लिन सकिएला । पारिवारिक माया र सद्भाव बढ्नेछ । राजनैतिक र परोपकारमा सफलता मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ): नयाँ कार्य प्रारम्भ गर्न सकिनेछ । छोटो र लाभदायक यात्रा तय गर्न सकिनेछ । आर्थिक पक्ष राम्रै भएपनि खानपानमा ध्यान दिनुहोला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): आज कृषि क्षेत्रमा इच्छानुसार काम गर्ने मौका मिल्नेछ । व्यक्तिगत काममा सफलता हात पर्नेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ): आज बोलीले अरुलाई प्रभावित पारेर काम बन्नसक्छ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । दूरदराजमा रहेका आफन्तसँग कुराकानी हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ): आज ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ला र मानसिक चिन्ता बढ्नेछ । वैदेशिक क्षेत्र कमजोर नै हुनेछ, तर आर्थिक पक्ष भने राम्रै रहला ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ): आज कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जन क्रियाकलापमा सहभागिता भइएला । नजिकैका व्यक्तिहरूबाट सहयोग मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ): आज सामाजिक तथा धार्मिक कृत्यमा मन जानेछ । समाजसेवातर्फ आकर्षित भइनेछ । नयाँ कार्यको योजनाले आत्मिक सन्तुष्टि मिल्नेछ । हाम्रो पात्रो




भर्खरै