५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्रा देखि सर्पको बिष मार्न सम्म अत्यन्तै उपयोगी तेजपत्ता ! जान्नुहोस् यसको फाइदा



अ+ अ-

काठमाडौं । तेजपत्ता पनि घरेलु औषधीले भरिपुर्ण गुण भएको पात हो । यसले माछा, मासुका परिकार स्वादिलो बनाउनको लागि प्रयोगमा ल्याइन्छ । तर यसको औषधीय गुणको बारेमा भने धेरैलाई थाहा नहुन सक्छ । यसले स्वादको मात्र काम नगरेर अचुक औषधीको काम गर्छ । यस्तै धेरै फाइदाहरु छन् जुन तेजपातको प्रयोगले प्राप्त गर्न सकिन्छ । 

तेजपत्ताका फाइदाहरु :

१) सर्पको विष झार्छ

सर्पले टोक्ने वित्तिकैको आलो घाउलाई निको पार्न तेजपत्ताले औषधिको काम गर्छ । विषालु किराले टोकेर बनेको घाउमा तेजपत्ताको रस प्रयोग गर्दा घाउ ठिक हुन्छ । सर्पले टोकेको ठाउँमा तेजपत्ताको रस लगाउँदा विष झर्छ । तर तेजपत्ताकै भरमा नपरी प्राथमिक उपचारका लागि सर्पले टोकेको ठाउँमा यसको प्रयोग गर्दा फाइदाकारी हुन्छ । तेजपत्ताको तेलमा ‘एन्टी फंगल’तथा‘एन्टी ब्याक्टेरियल’गुण हुन्छ, जसले छालाको इनफेक्सनबाट समेत बचाउँछ ।

२) जुम्रा मार्न

टाउकोमा जुम्रा परेर दिक्क हुनेलाई तेजपत्ता वरदान बन्न सक्छ । पानीमा तेजपत्ता राखेर धेरै बेर उमाल्ने । यसरी उमालेको मनतातो पानीलाई कपालको जरामा लगाउने । तीन–चार घन्टा राखेपछि पानीले टाउको पखाल्ने गरेमा जुम्राको समस्या हट्छ । साथै कपाल निकै चमकदारसमेत बन्छ ।

३) निद्रा राम्रो लाग्छ

यदि तपाईलाई रातमा निद्रा लाग्दैन भने सुत्नुअघि तेजपत्ता उमालेको पानी पिउँदा रातभर निद्रा राम्रो लाग्छ ।

४) नाकबाट रगत बग्न रोक्छ

गर्मी मौसममा कतिलाई नाकबाट रगत निस्किने समस्या हुन्छ । दुई–तीनवटा तेजपत्तालाई पानीमा राम्रोसँग धेरै बेर उमाल्ने र चिसो बनाएर पिउनाले नाकबाट रगत बग्न बन्द हुन्छ ।

५) रुघा–खोकी ठीक पार्छ

रुघा–खोकीसहित अन्य कैयौँ प्रकारका इनफेक्सनबाट छुटकारा पाउन तेजपत्ताले भरपूर मद्दत दिन्छ । दुई–तीनवटा तेजपत्ता पानीमा १० मिनेटसम्म उमाल्ने र त्यस पानीमा कटनको कपडा भिजाएर निचोरेपछि तालुमा राख्ने । यसो गर्दा रुघा–खोकी र अन्य श्वासका बिरामीलाई आराम मिल्छ ।