नेपालगञ्ज । कोरोना भाइरसको संक्रमणबाट बाँकेमा थप पाँच जनाको मृत्यु भएको छ ।
बाँकेका विभिन्न अस्पतालमा उपचाररत पाँच जना संक्रमितको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले बताएको छ ।
मृत्यु हुनेहरूमा बैतडीको पुर्चौडी नगरपालिका-८ का ५५ वर्षीय पुरुष, सल्यानको कालीमाटी गाउँपालिका-१ का ४६ वर्षीय पुरुष, बर्दियाको राजापुर नगरपालिका-१ की ४९ वर्षीया महिला, बाँकेको बैजनाथ गाउँपालिका-५ का ६७ वर्षीय पुरुष र दाङ लमही नगरपालिका-१ की ३२ वर्षीया महिला रहेका छन् ।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६६४ पुगेको छ ।








