३१ भाद्र २०८३, बुधबार
,
Latest
हेटौंडामा यात्रुवाहक बसमा ढुंगा प्रहार गर्ने पाँच जना पक्राउ ‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल काठमाडौं उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री, सञ्चय नगर्न विभागको आग्रह संक्रामक पशु रोग नियन्त्रण विधेयकमा २४ दफामा संशोधन, क्षतिपूर्ति कोषको व्यवस्था मन्त्रिपरिषद् बैठक जारी सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्यासभूमीमा रत्नाकारलाई बाल्मिकी बनाउन तानातान



अ+ अ-

काठमाडौ । बेदब्यासको भूमी हो तनहुँ र त्यसको छिमेकी जिल्ला कास्की हो । यो स्थानमा फेरि रत्नकार डाकु र बेदब्यासको चर्चा सुरु भएको छ । हिजोबाट यसको चर्चा छाएको छ ।
बिगतका अनेक पृष्ठभूमि र कारणबाट चर्चामा आउने गरेका दिपक मनाङ्गे अहिले गण्डकी प्रदेशसभामा चर्चामा आएका छन् । मनाङ्गबाट निर्वाचित भएपछि राजीब गुरुङ्गका नामले चिनिन थालेका उनको चर्चा राजनीतिमा जोडिएको भने केही वर्ष भयो । 

राजीब गुरुङ्गबाट उनको परिचय पूर्ण नखुलेको जस्तो भएपछि फेरि उही पुरानै चिरपरिचित दिपक मनाङ्गेबाटै चिनिन थालेका हुन् र छन् ।त्यसमा पनि नेकपा बिभाजनसंगै धरापमा परेको गण्डकी प्रदेश सरकार जोगाउन र भत्काउन यिनै राजीब गुरुङ्ग अर्थात दिपक मनाङ्ग नै निर्णायक बन्न पुगेका छन् ।  यो नसोचिएको आकस्मिकता उनको दैलोमै आइपुग्यो र सहयोग माग्न जाने थिए तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङ्ग र बर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली । 

हिजो डन, गुण्डागर्दीका नामबाट बनेको पहिचान आज माननीयमा पुगेको छ र याचनाको हात हिजो नेकपा र आज काँग्रेससहितका नेताले गरिसकेका छन् । पटक पटकको खराब मानिस सधैँका लागि खराब हुन्छ भन्ने त होइन, किनभने हरेकले सुध्रिएर जिउन चाहन्छ र खोज्छ भने पाउनुपर्छ । तर उनलाई असल मान्छे बनाउने मात्र नभइ बाल्मिकी नै बनाउने होड चलेको देखेर हो यो पंक्तिकारलाई पनि केही लेख्न कुतकुताएको । 

अरुका कमी कमजोरी होस् वा आफूलाई चित्त नबुझेको कुरामा खरो टिप्पणीहरु लेख्ने पूर्बप्रधानमन्त्री एबं जनता समाजबादी पार्टी प्रतिपक्षका राष्ट्रिय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलाई यतिबेला उनै मनाङ्गेलाई बाल्मिकी बनाउनुपर्ने हतारो छ ।  आइतबार बिहान सामाजिक सञ्जालमा उनले पोष्ट गरेका थिए कि रत्नाकर बाल्मिकी बनेको हामी सबैले सुनेकै छौं । त्यसैले राजीव गुरूङहरूले नयाँ जीवन र नयाँ भूमिका चाहन्छन् भने किन बन्चित गर्ने ? किन पूर्वाग्रह राख्ने ?

आइतबार बिहान नै गण्डकी प्रदेशका निबर्तमान मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङ्गले उनै दिपकका बारेमा भनेका थिए ‘सबै छोड्छु, राजनीति र समाजसेवा गर्छु, सुध्रिन्छु भनेपछि मैले नै सघाएको हो तर सबै डाँकूहरु वाल्मिकी नहुँदा रहेछन् ।’

हिजो पृथ्वी सुब्बाको सरकारमा मन्त्री रहँदा नेता भट्टराईले दीपकमाथि गरेको टिप्पणी र आज आफ्नो सरकार ढाल्दै बिपक्षीको सरकार बनाउन सहयोग गरेका दीपकमाथि गुरुङ्गले गरेको टिप्पणी पछिल्लो समयमा राजनीतिमा देखिएको अति भद्दा र कुरुप तस्वीर हो । 

यो नै पहिलो र अन्तिम भने होईन । किनभने नेताहरुले आफू अनुकुल ओकल्ने अफवाह दिउँसै लालटिन बाल्नुपर्ने खालका हुन्छन् नै । आफू अनुकुल हुदा भगवान र प्रतिकुल हुदा राक्षस बनाउने चलन विशेयागरी नेपाली राजनीतिमा खासै नौलो भने होइन ।

भोली फेरि उही दिपक बाबुरामको कित्ता छाडेर गुरुङ्गको कित्तामा पुगेभने  उनीहरुले भनेको बोलीमा बिना लाज र हिचकिचाहट परिवर्तन हुन बेरै लाग्दैन । फेरि रटान सुरु हुन्छ बाल्मीकी बनाउन खोजेको त हो तर पनि सबै डाका बाल्मिीकी हुदारहेनछन् । 

के यस्तै राजनीतिज्ञको संगत भएको भए पौराणीम रत्नाकर डाकु बाल्मकी हुन्थे होला र ? एक पटक बिरालोको स्वरुप रंगढंग आफुहरुको जस्तो नै लागेर चितुवाले केही बिरालोलाई तालीम दिदै भनेछ ‘दुधको कराई मात्र नकुर्न आफनो लागि चाहिने सामग्री बाहिरबाट जोहो गर्नुपर्छ, अरुको भर पर्दा दुःख पाइन्छ ।’ चितुवाको संगतले बिरालोको बानि परिवर्तन भयो होला कि भनेको त केही दिनपछि चितुवा नै खाली कराई कुरेर मालिकको आश गरेर बस्न पो थालेछ ।  

त्यसैले अरुलाई बाल्मीकी बनाउने भन्दा पनि पहिला आफूनै बाल्मिकी बन्ने पो हो कि नेताजीहरु ? मूल नधमिलिएपछि तलको पानी त आफै सङ्लिँदै झरिहाल्छ नि होइन र ?