२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कोरोना सङ्क्रमणबाट बच्न सुर्तीजन्य पदार्थको सेवन नगरौँ’



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सुर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोरोना भाइरसले फोक्सोलाई क्षति पुर्याउने र सुर्तीजन्य पदार्थ सेवन गर्नेको फोक्सोमा पहिले नै समस्या भइसकेकाले सुर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरिएको बताए । “कोरोना भाइरसले फोक्सोलाई क्षति पुर्याउँछ । सुर्र्तीजन्य पदार्थको सेवन गर्नेको फोक्सो पहिले नै समस्या भइसकेको हुन्छ”, उनले भने, “त्यसैले कोरोना भाइरसबाट बच्नका लागि सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन ।”

धूम्रपानले फोक्सोको क्यान्सर निम्त्याउने सम्भावना २२ गुणाले बढाउने मन्त्रालयले जनाएको छ । सुर्तीजन्य पदार्थको सेवनले शरीरको रोग प्रतिरोधात्मक शक्तिलाई असर गर्ने र त्यसले सङ्क्रमण हुने सम्भावना बढाउने मन्त्रालयले जनाएको छ ।

सुर्तीजन्य पदार्थ सेवन गर्दा ओठ, मुख औलाले छुनुपर्ने हुँदा कोरोना सङ्क्रमण सजिलै सर्ने सम्भावना बढी हुने सहप्रवक्ता डा अधिकारीले बताउनुभयो । “सुर्तीजन्य पदार्थ एकापसमा साटासाट गरी सेवन गर्ने क्रममा एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण सर्न सम्भावना बढी हुन्छ”, उनले जारी गरेको सूचनामा भनिएको छ, “एउटै हुक्का, चिलिम प्रयोग गरी पालैपालो सेवन गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण फैलिन सक्दछ ।” रासस