२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीआईपी र भीभीआईपीले राज्यकोषाट उपचार खर्च पाउने कानून नै खारेज गर्न सर्वोच्चमा रिट दर्ता



अ+ अ-

काठमाडौँ । भीआईपी र भीभीआईपीले राज्यकोषाट उपचार खर्च पाउने कानून नै खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अधिवक्ताद्वय स्वागत नेपाल र रादीका चम्लागाईंले राष्ट्रपति कार्यालय, नेपाल सरकार, संसद सचिवालय, अर्थ मन्त्रालय, कानून मन्त्रालयसमेतविरुद्ध रिट दायर गरेका हुन् ।

दर्ता भएको मुद्दा संवैधानिक इजलासबाट हेरिने अधिवक्ता नेपालले जानकारी दिए । उनका अनुसार पेशी बैशाख २७ गतेका लागि तोकिएको छ ।

‘युवा कानुन व्यवसायी साथीहरु सबैलाई निःशुल्क बहस पैरवीमा उपस्थितिका लागि अनुरोध छ । राज्यको रकम जोगाउन उल्टै आफ्नै गोजीको पैसा धरौटी जम्मा गरेर यस्ता रीट दायर गर्नपर्छ यहाँहरुलाई थाहा छँदैछ। वरिष्ठहरु धेरैजसोले बिना पैसा बहस गरिदिँदैनन् । त्यसैले युवा अधिवक्ता साथीहरूलाई आह्वान पनि गरिएको हो । युवा साथीहरुले खराबीका विरुद्ध वहस पैरवी र दायर गर्नुभएका सबैजसो मुद्दामा जनताको पक्षमा सफलता पनि मिलेको छ । तर केही वरिष्ठ ज्युहरुबाट पनि साथ मिल्ने गरेको छ । अझै पनि मिल्नेछ ।’ अभिवक्ता नेपालले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।